फ्यानमाथि फेरि भड्किए सलमान

काठमाडौंः बलिउड स्टार सलमान खान फेरि एकपटक फ्यानमाथि भड्किएका छन् । सामाजिक संजालमा भाइरल बनिरहेको एक भिडियोमा सलमान विमानस्थबाट बाहिर निस्कदै गर्दा भिडियो खिचिरहेका एक फ्यान देखेर भड्किए र उनको मोबाइल नै खोसिदिए ।
सलमान गत मंगलबार चलचित्र ‘राधे’को छायांकनका लागि गोवा पुगेका थिए । गोवाको विमानस्थलमा उनलाई हेर्नका लागि सयौ फ्यान उपस्थित थिए । एक फ्यानले भने उनको भिडियो बनाइरहेका थिए ।
सलमानले जब फ्यानले भिडियो खिचिरहेको थाहा पाए, यसपछि भने सलमानको रिसको पारो चढ्यो । यसपछि सलमानले फ्यानको मोबाइल खोसे र विमानस्थलबाट बाहिरिए । सलमानले यसअघि पनि फ्यानको मोबाइल खोसेर फालिदिएका छन् ।
सलमानले अनुमति विना आफ्नो भिडियो खिचेका कारण फ्यानमाथि यस्तो व्यवहार देखाएको अनुमान गरिएको छ । एजेन्सी
सलमान खान