खेल

वानडे सिरिजः अन्तिम खेलमा न्यूजिल्याण्डविरुद्ध ब्याटिङ गर्दै भारत

वानडे सिरिजः अन्तिम खेलमा न्यूजिल्याण्डविरुद्ध ब्याटिङ गर्दै भारत

काठमाडौंः भारत विरुद्धको एकदिवसीय क्रिकेट सिरिजको अन्तिम खेलमा घरेलु टोली न्यूजिल्याण्डले टस जितेर बलिङ रोजेको छ । भारत–न्यूजिल्याण्डबीचको सिरिजको अन्तिम म्याच नेपाली समयअनुसार बिहान ७ः४५ बजेदेखि सुरु भएकाे छ । आजको खेलमा भारतले एक र न्यूजिल्याण्डले २ खेलाडी परिवर्तन गरेको छ । भारतले केदार जाधवको स्थानमा मनिष पाण्डेलाई मौका दिएको छ । यता न्यूजिल्याण्डले मार्क चेपम्यान र टम ब्लन्डेललाई विश्राम दिँदै केन विलियम्सन र मिचेल सान्टनरलाई मौका दिएको छ । 

न्यूजिल्याण्डले तीन खेलको सिरिज एक खेल अगावै २–० ले जितिसकेको छ । अब उसको लक्ष्य भारतसँगको एकविदसीय सिरिज ‘क्लिन स्विप’ गर्ने हुनेछ । पाँच खेलको टी–२० सिरिज ५–० ले गुमाएको न्यूजिल्याण्डलाई वानडे श्रृंखलामा भारतलाई ‘क्लिन स्विप’ गर्ने मौका छ ।  

अन्तिम म्याचमा न्यूजिल्याण्डको प्लेइङ ११ः मार्टिन गुप्टिल, हेनरी निकोल्स, केन विलियम्सन (कप्तान), रस टेलर, टम लाथम (विकेटकीपर), जिमी नीशम, कोलिन डी ग्राण्डहोम, मिचेल सान्टनर, टीम साउथी, काइल जेमिन्सन र हमिश बेनेट ।

अन्तिम म्याचमा भारतको प्लेइङ ११ः मयंक अग्रवाल, केएल राहुल, पृथ्वी शा, विराट कोहली (कप्तान), श्रेयस अय्यर,  रवीन्द्र जडेजा, मनीष पाण्डे, शार्दुल ठाकुर, युजवेद्र चहल, नवदीप सैनी र जसप्रीत बुमराह ।

एकदिवसीय क्रिकेट सिरिज भारतविरुद्ध न्यूजिल्याण्ड

विशेष