खेल

वानडे सिरिजः भारतले दियो न्यूजिल्याण्डलाई २९७ रनको लक्ष्य

वानडे सिरिजः भारतले दियो न्यूजिल्याण्डलाई २९७ रनको लक्ष्य

काठमाडौंः एकविदसीय क्रिकेट सिरिजको तेस्रो तथा अन्तिम खेलमा भारतले न्यूजिल्याण्डलाई २ सय ९७ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ९६ रन बनायो । उसका लागि विकेटकीपर–ब्याट्सम्यान केएल राहुलले शतक बनाए । उनले ११३ बलमा २ छक्का र ९ चौका प्रहार गर्दै ११२ रनको योगदान दिए ।

एकविदसीय क्रिकेटमा राहुलको यो चौथो शतक हो । यस्तै श्रेयस अय्यरले ६२, मनिष पाण्डेले ४२, पृथ्वी शाहले ४० रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा न्यूजिल्याण्ड टीमका हमीश बेनेटले ४, जिमी नीशम र काइली जेमिशनले एक–एक विकेट लिए । आजको खेलमा भारतले एक र न्यूजिल्याण्डले २ खेलाडी परिवर्तन गरेको छ । भारतले केदार जाधवको स्थानमा मनिष पाण्डेलाई मौका दिएको हो । यता न्यूजिल्याण्डले मार्क चेपम्यान र टम ब्लन्डेललाई विश्राम दिँदै केन विलियम्सन र मिचेल सान्टनरलाई मौका दिएको छ ।

न्यूजिल्याण्डले तीन खेलको सिरिज एक खेल अगावै २–० ले जितिसकेको छ । अब उसको लक्ष्य भारतसँगको एकविदसीय सिरिज ‘क्लिन स्विप’ गर्ने हुनेछ । पाँच खेलको टी–२० सिरिज ५–० ले गुमाएको न्यूजिल्याण्डलाई वानडे श्रृंखलामा भारतलाई ‘क्लिन स्विप’ गर्ने मौका छ । अन्तिम म्याचमा

न्यूजिल्याण्डको प्लेइङ ११ः मार्टिन गुप्टिल, हेनरी निकोल्स, केन विलियम्सन (कप्तान), रस टेलर, टम लाथम, जिमी नीशम, कोलिन डी ग्राण्डहोम, मिचेल सान्टनर, टीम साउथी, काइल जेमिन्सन र हमिश बेनेट ।

भारतको प्लेइङ ११ः मयंक अग्रवाल, केएल राहुल, पृथ्वी शा, विराट कोहली (कप्तान), श्रेयस अय्यर, रवीन्द्र जडेजा, मनीष पाण्डे, शार्दुल ठाकुर, युजवेद्र चहल, नवदीप सैनी र जसप्रीत बुमराह ।

न्यूजिल्याण्डविरुद्ध भारत एकविदसीय क्रिकेट सिरिज

विशेष