मनोरञ्जन

बलिउड डेब्यु गर्दै रिश्ता बस्नेत

बलिउड डेब्यु गर्दै रिश्ता बस्नेत

काठमाडौ । अभिनेत्री रिश्ता बस्नेतले बलिउडमा डेब्यु गर्ने भएकी छिन । चर्चित गायिका नेहा कक्कड र गायक कार्तिक कुशको स्वरमा रहेको उक्त गीतमा उनले अभिनय गर्न लागेकी हुन् ।

सिर्जना सुत्रबाट उक्त काम पाएकी बस्नेतले सामाजिक संजालमा एक स्टाटस सेयर गर्दै आफुलाई नेहाको गीतमा काम गर्न पाएकोमा खुसी लागेको बताएकी छिन्  रिस्ताले उक्त गीतमा टिकटक स्टार मन्जुल कट्टरसँग स्क्रिन सेयर गर्न लागेकी हुन। 

पुनित अवस्थीले संगीत भरेको गीतको भिडियोलाई नेपाली कोरियोग्राफर कमल राइले निर्देशन गर्दै छन । भिडियोमा पुरुसोत्तम प्रधानको छायांकन तथा बिपिन मल्लको सम्पादन रहने छ । भिडियोका निर्माता टिकुम शर्मा हुन् । 
 

बलिउड रिश्ता बस्नेत

विशेष