त्रिकोणात्मक सिरिजः ओमानद्वारा अमेरिकालाई २७७ रनको लक्ष्य, जीशान र अकिबको शतक
काठमाडौंः आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा ओमानले अमेरिकालाई २ सय ७७ रनको लक्ष्य दिएको छ । कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको ओमानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७६ न बनायो ।
ओमानका लागि कप्तान जीशान मकसूद र अकिब इलियासले शतक बनाए । जीशानले १०९ बलमा ४ छक्का र १० चौकासहित १०९ रनको योगदान दिए । एकविदसीय क्रिकेटमा उनको यो पहिलो शतक हो । यस्तै अकिबले आज १२३ बलमा १ छक्का र ११ चौका हिर्काउँदै १०५ रनको योगदान दिए । जारी सिरिजमा उनको यो लगातार दोस्रो शतक हो ।
यसअघि उनले नेपालविरुद्ध पहिलो शतक बनाएका थिए । बलिङमा अेमेरिकन टीमका सौरभ नेत्रवलकर र रस्टी थेरनले ३–३ विकेट लिए । ओमानले आज खावर अलीलाई १० र अर्का ओपनर जतिन्दर सिंहलाई ९ रनमा गुमाएको थियो । तर, तेस्रो विकेटका लागि अकीब इलियास र कप्तान जिशान मकसुदबीच २१६ रनको विशाल साझेदारी बन्यो ।
ओमानका लागि एकदिवसिय क्रिकेटमा यी दुई खेलाडीले गरेको यो नै विशाल साझेदारी हो । जिशान– अकीबले नेपालविरुद्ध अविजित एक सय ६७ रनको विशाल साझेदारी गरेका थिए ।
ओमानविरुद्ध अमेरिका विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज जीशान मकसूद अकिब इलियास