स्वास्थ्य

तनावबाट बच्न गर्नुहोस दहीको सेवन, मिल्नेछ अन्य धेरै फाइदा

तनावबाट बच्न गर्नुहोस दहीको सेवन, मिल्नेछ अन्य धेरै फाइदा

संसारमा तनावमा नहुने मानिस सायदै हुन्छन। तनावबाट बच्नका लागि मेडिटेसन या राम्रो काउन्सेलिङको आवश्यकता पर्छ। हालै मात्र गरिएको एक अध्ययनमा खानपानका माध्यमबाट पनि तनावबाट केहि हदसम्म मुक्ति पाउन सकिन्छ।

दहीले गर्न सक्छ तनावबाट मुक्त 

हालै मात्र गरिएको एक अध्ययनमा खानपानबाट पनि तनावमुक्त हुन सकिने कुरा पत्ता लगाईएको छ। वास्तवमा तनावले मनभित्रको सकारत्मक्तालाई मार्र्छ र नकारात्मक बिचारलाई जन्म दिन्छ। यदि सहि समयमा तनावमुक्त हुने उपाय अपनाईएन भने त्यसले आत्महत्याको बाटोतर्फ उन्मुख गराउछ। त्यसकारण तनावको सम्बन्धमा बेलाबखत विभिन्न खोज तथा अध्ययन हुने गरेको छ।  

एक सोधमा बताईए अनुसार दहीले भित्रको तनावलाई कम गर्छ। दहीमा पाइने पोषक तत्वले स्वास्थ्यलाई सहि अवस्थामा राख्छ र तनावबाट मुक्ति दिलाउछ। 

पाचन प्रक्रिया रहन्छ सहि 

दहीमा यस्तो गुण हुन्छ जुन तनाव कम गर्नमा सहायक हुन्छ। त्यस्तै दहिमा केहि औषधीय गुण पनि हुन्छ जसले हाम्रो पाचन प्रणालीलाई नियमित राख्न मदत पुर्याउछ साथै केहि स्वास्थ्यसम्बन्धि समस्याबाट पनि छुटकारा दिलाउछ। दहीमा पाइने ब्याक्टेरिया स्वास्थ्यका दृष्टिकोणले झनै लाभदायी छ। यसका अलावा दहि प्रोटिन, क्याल्सियम ,भिटामिन बी ६ र बी १२ को पनि राम्रो स्रोत हो।  

स्वस्थ त्वचाको लागि 

दहि स्वास्थ्यका लागि मात्र नभई त्वचाको लागि पनि फाइदाजनक रहेको छ। दहि छाला र कपाल दुबैको लागि निकै नै लाभकारी हुन्छ। दहीको साथमा बेसन मिसाई अनुहारमा लगाउनाले त्वचा कोमल हुने र विभिन्न समस्याबाट छुटकारा पाइन्छ। 

आउनुहोस दहि खानुका अन्य फाइदाका बारेमा जानिराखौं 

-दहीमा ल्याक्टोबेसिलस र स्ट्रेटोकोकस हुन्छ जसले इम्यून सिस्टमलाई मजबुत बनाउन सहयोग गर्छ। 

-दहीको सेवनले कब्जियतको समस्याबाट राहत मिल्छ। 

-तौल कम गर्नका लागि पनि लो फ्याटवाला दहीको सेवन गर्नुलाई राम्रो मानिन्छ। 

-मुटुसम्बन्धि समस्याबाट बच्न पनि दहि बहुउपयोगी छ। 

-प्रोबियोटिक दहिले कोलेस्टोरेलको स्तर कम गर्न मदत गर्छ। 

-डायबिटीज मेलिटस टाइप २ का बिरामीहरुलाई डाइटमा दहि प्रयोग गर्न सल्लाह दिने गरिन्छ। 

-दहीमा क्याल्सियम भरपुर मात्रामा पाइन्छ। जुन हाडजोर्नी मजबुत बनाउनमा मदतगार छ। 

 

तनाव दहि

विशेष