स्वास्थ्य

करेन्ट लाग्यो ? उसो भए अपनाउनुहोस् यी उपाय

करेन्ट लाग्यो ? उसो भए अपनाउनुहोस् यी उपाय

कहिँ कतै तपाईलाई झुक्किएर करेन्ट लागेको हुन सक्छ।  जस्तोकी बिजुली, टिभी, एसी/कुलर लगायतका विद्युतीय सामग्री चलाउदा करेन्ट नलाग्ने थोरै मात्र हुन्छन ।  करेन्टको झट्का चाहे सानो होस् या ठुलो तर यसले शरीरमा एउटा बिशेष प्रकारको  तरंग पैदा गराउछ।  यदि झट्का तेजसंग लागेको छ भने त यसले ज्यानै समेत पनि जान सक्छ र गम्भीर रुप लिन सक्छ।  

त्यसैले बिजुलीको झट्का(करेन्ट) बाट बच्नका लागि यी उपाय अपनाउन सकिन्छ।  

-विद्युतीय सामग्री उपयोग गर्नुपुर्व मेन स्विच अफ गर्ने र चप्पल लगाउने साथै सुकेको लट्ठीको सहायताले काम गर्ने 

-यदि कसैलाई करेन्ट लागेको छ भने उसलाई तुरुन्तै बचाउन गईहाल्नु हुँदैन, यसका लागि सुकेको लौरोको प्रयोग गर्न सकिन्छ।  

यदि कुनै व्यक्तिलाई करेन्ट लागेको छ भने उसलाई सहि स्थितिमा सुताउनु पर्छ। यसका लागि उसको एउटा हात टाउको मुनि र अर्को हात -अगाडी राख्ने। त्यस्तै एउटा खुट्टा सिधा राख्ने र अर्कोलाई दोब्र्याएर राख्ने। जसले बेहोस भएका ति मानिसको होस आओस।  

-करेन्ट लागेपश्चात व्यक्तिको स्वासप्रस्वासमा समस्या देखिएको छ भने तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्छ।

करेन्ट

विशेष