यस्ता प्रारम्भिक लक्षणलाई बेवास्ता गर्दै नगर्नुहोस्, छालाको क्यान्सर हुन सक्छ
पछिल्लो समय संसारमा विभिन्न प्रकारका क्यान्सरका संक्रमणहरु फैलिरहेका छन। त्यसैमध्येको एक हो छालाको क्यान्सर, प्रदुषित वातावरणका कारण यो पनि पछिल्लो समय पनि द्रुत रूपमा फैलँदैछ। जब छालाको कोषहरू असामान्य रूपमा बढ्न थाल्छ तब छालाको क्यान्सर हुन्छ। कतिपयमा यस्तो समस्या धेरैबेरसम्म घाममा बस्दा पनि हुने गरेको छ। सिधै सुर्यको किरण पर्ने अंगहरु जस्तै हात,औंला, औंलाको छालामा क्यान्सर हुने खतरा बढी हुन्छ। यस बाहेक, छालाको क्यान्सर हुने थुप्रै अन्य कारणहरू पनि छ।
छालाको क्यान्सरका लक्षणहरू जान्नुहोस् ....
निधार, घाँटी, आँखा वा गाला वरिपरि अचानक पोल्नु वा चिलाउनु
छालामा आएका दाग धब्बाहरु ५ हप्ता बितिसक्दा पनि देखा पर्दछ भने तुरुन्तै डाक्टरको उचित परामर्श लिनु पर्दछ।
यदि तपाईको छालामा कोठी छ र अचानक यसको रंग वा आकार परिवर्तन हुँदैछ भने बेलैमा सतर्क हुनुहोस्।
अनुहारमा आएको पिम्पलको आकार बढ्दै गईरहेको छ भने पनि क्यान्सर हुने सम्भवना रहन्छ त्यसकारण यसलाई नजरअन्दाज नगर्नुहोस
यदि घाम लाग्नेबित्तिकै छाला चिलाउन थाल्छ भने यो पनि क्यान्सरको लक्षण हुन सक्छ।
स्किन क्यान्सर