मनोरञ्जन

'राधे'को १२ मिनेट क्लाइमेक्स दृश्यका लागि १२ करोड खर्च

'राधे'को १२ मिनेट क्लाइमेक्स दृश्यका लागि १२ करोड खर्च

एजेन्सी। अभिनेता सलमान खानका यो वर्ष दुइटा नयाँ चलचित्र आउँदैछन्- राधे र किक। मिडिया रिपोर्टका अनुसार अनुसार 'राधे' को १२ मिनेटको क्लाइमेक्स दृष्यका लागि मात्रै १२ करोड रूपैयाँ खर्चिएको छ।

यो दृष्यमा सलमानका साथै रनदीप हुडा हुने बताइएको छ। क्लाइमेक्सको दृष्य 'क्रोमा की' प्रविधिबाट खिचिएको र 'भिएफएक्स' मा डिजाइन हुने भएकाले लागत बढी परेको बताइएको छ।

'बाहुबली' का दुवै भागमा यो प्रविधि प्रयोग भएको थियो। यसमा भिडिओको पृष्ठभूमि हरियो वा निलो हुन्छ जुन एकदमै महँगो हुन्छ। साथै यसमा प्रयोग हुने बत्तीहरूको लागत पनि धेरै पर्छ।  भिएफएक्स प्रविधिले आफूले चाहेको पृष्ठभूमि तयार गर्न सकिन्छ। निलो वा हरियो पृष्ठभूमि हटाएर रोजेको पृष्ठभूमि राखिने हो। यो पनि महँगो प्रविधिमा पर्छ।

हिन्दुस्तान टाइम्सका अनुसार 'राधे' चलचित्रको फाइनल दृष्य दुबईमा खिचिएको छ। बाँकी दृष्य दिल्ली, कोलकाता, जयपुर, लखनउमा र केही 'एक्सन' दृष्य स्टुडियोमै खिचिएको छ। क्लाइमेक्स २० मिनेटको दृष्यको खर्चका बारेमा निर्देशक प्रभु देवा र सलमान खानले पहिल्यै छलफल गरेका बताइएको छ। उनीहरूले भारू सात करोडको अनुमान लगाएका थिए।

चलचित्रमा दिशा पटानी, ज्याकी श्रफ र तामिल अभिनेता भरतको मुख्य भूमिका रहेको छ।  

राधे क्लाईमेक्स सिन

विशेष