भारतमा बन्यो विश्वकै सर्बाधिक दर्शक अट्ने क्रिकेट रंगशाला
काठमाडौंः भारतको अहमदाबामा निर्माण भइरहेको विश्वकै सर्बाधिक दर्शक क्षमताको मोटेरा क्रिकेट रंगशालाको निर्माण कार्य करिब सकिएको छ । सन् २०१५ मा भत्काएर १ लाख १० हजार दर्शक अट्ने गरी निर्माण भइरहेको यो रंगशाला केही महिना भित्र सञ्चालनमा आउँदै छ ।
यही स्थानमा रहेको पूरानो रंगशाला ५३ हजार दर्शक क्षमताको मात्र थियो । भारतीय पत्रिका दैनिक जागरणको अनलाइन संस्करणका अनुसार निर्माणाधिन मोटेरा क्रिकेट रंगशालाको उद्घाटन प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रपले संयुक्त रुपमा उद्घाटन गर्न सक्ने छन् । ट्रप २४ फेब्रुअरीमा भारत आउँदै छन् । त्यही क्रममा उनले रंगशालाको उद्घाटन गर्नसक्ने भारतीय मिडियाले लेखेका छन् ।
निर्माण भइरहेको यो रंगशाला बनाउन करिब ७ अर्ब भारतीय रुपैयाँ खर्च भएको छ । मोटेरा रंगशलामा क्रिकेटसहित फुटबल, हकी, बास्केटबल, कबड्डी, बक्सिङ लगायत खेलकुद प्रतियोगिता गर्न सकिने समाचारमा उल्लेख छ । सञ्चारमाध्यमका अनुसार निर्माण भइरहेको यो रंगशाला अप्रिल वा मेमा पहिलो म्याच हुनेछ ।
क्रिकेट मोटेरा क्रिकेट रंगशाला