राशिफल

कुन राशिका लागि राम्रो छ फागुन महिना ? हेर्नुहोस मासिक राशिफल

कुन राशिका लागि राम्रो छ फागुन महिना ? हेर्नुहोस मासिक राशिफल

फागुन महिनाको मासिक राशिफल !

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) -  Aries

यो महिनामा तपाईको राशिबाट एघारौं स्थान मा भ्रमण गर्दै छ, त्यसैले आर्थिक पक्ष सुदृध हुनेछ । बोलीले धेरैको मन जित्न सकिनेछ। लामो यात्राको सम्भावना रहेको छ। बैदेशिक यात्रा सुखद रहने छ। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय छ । मासको  मध्यमा आफ्नो विचार विपरित निर्णय हुनेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । 

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) -Taurus

आफन्तजनहरुको तर्फबाट बिशेष लाभ मिल्नेछ। नया कामको थालनी गर्ने सु अवसर मिल्नेछ। वैवाहिक योग समेत रहेको छ। शुभ समाचार सुन्न पाइने छ।  स्वास्थ्य अनुकुल रहेको छ। समग्रमा तपाईको यो महिना सुखद रहनेछ।  

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह) - Gemini

सामाजिक क्षेत्रमा मान सम्मान बढ्ने छ।पारिवारिक वातावरण सुखद रहला। लामो समयदेखि  अधुरा रहेका कामहरुले सार्थकता पाउनेछन। महिनाको अन्त्यतिर आफ्नो अधिकार प्राप्तिका लागि केहि संघर्ष गर्नुपर्ने देखिन्छ।  

कर्कट  (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) - Cancer

आर्थिक योजनाका कार्यहरुलाई कार्यन्वयनमा ल्याउन मुस्किल पर्नेछ। अध्ययन अध्यापनको क्षेत्रमा खासै प्रगति गर्न सकिने छैन।  धार्मिक यात्राको सम्भावना रहेको छ। मासको मध्यतिरबाट आर्थिक उन्नति हुँदै जानेछ। वैदेशिक यात्रा पनि सुखद रहनेछ।  

सिंह  (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) - Leo

टाढा रहेका साथीबाट भरपूर सहयोग मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । विपरीत वर्गप्रती आकर्षण बढ्ने योग छ । नयाँ ठाउँमा नयाँ रोजगारको अवसर सिर्जना हुनेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । वाहान लाभपनि हुने समय छ । समग्रमा तपाईका लागि यो महिना शुभ रहेको छ।  

कन्या  (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)  -Virgo

कन्या राशिका लागि यो महिनामा तपाईको राशिबाट छैठौं स्थान मा भ्रमण गर्दै छ, त्यसैले विजय प्राप्तिको योग बनेको देखिन्छ ।  लामो समयदेखि रोकिएका कामहरु पूर्ण भएर जानेछ। दाम्पत्य सुख मिल्नेछ। व्यापार व्यवसायको क्षेत्रबाट राम्रै मुनाफा कमाउन सकिने समय रहेको छ।  

तुला  ( र, रि, रु, रे, रो, ता, ति, तु, ते) - Libra

बिगतका सफलताले थप काम गर्ने हौसला बढ्ने छ। शुभकार्यको चर्चा चल्ने छ। धार्मिक कार्यमा सहभागी भइने छ। मान सम्मान पाइने छ। नोकरीमा पदोन्नती होला।  आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आत्मबल बढाएर काम गरेमा असफल भइने छैन।सन्तान सुख मिल्नेछ। 

बृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु)  - Scorpio

महिनाको सुरुकदिनामा आफ्नो अधिकार प्राप्तिका लागि केहि संघर्श गर्नु पर्नेछ । घर प नियमित खर्चसमेत बढ्ने योग भएपनि धार्मिक यात्राका योग बन्नेछ । पद र प्रतिष्ठा बढेर जानेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । आकस्मिक धनलाभ हुनेछ।समग्रमा तपाईका लागि यो महिना मिश्र फलदायी रहेको छ।  

धनु  (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)  - Sagittarius

सोचेका कामले सार्थकता पाउनेछन। एकपछि अर्को अवसरले पच्छाउने छ। नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । पेसा वा रोजगारमा श्रमको उचित मूल्यांकन भई ईनाम र प्रतिष्ठा कमाउन सकिनेछ । वैदेशिक यात्राको योग छ । 

मकर  ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)  - Capricorn

मकर राशिका लागि फाल्गुन महिनामा नसोचेको ठाउँबाट धनागम हुनेछ । शुभ समाचार सुन्न पाईएला । जागिरमा प्रमोसनको सम्भावना कम भएपनि जागिर भन्दा व्यापार नै राम्रो हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । महिनाको अन्त्यमा स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।

कुम्भ  (गु, गे, गो, सा, सि, सु, से, सो, द)  -Aquarius

पारिवारिक वातावरण सुखद रहला। व्यापार व्यवसायबाट राम्रै फाइदा लिन सकिनेछ। रमणीय ठाउँको यात्रा हुनेछ। कार्यसिद्धिको योग पनि रहेको छ। ठुलाबडाको आशिर्वाद पाइने छ। समग्रमा फागुन महिना कुम्भ राशिका लागि शुभ रहेको छ 

मीन  (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)  - Pisces

मीन राशिका लागि फाल्गुन महिनामा सुर्यले राशिको बाह्रौँ भावमा गोचर गर्ने भएकाले त्यति राम्रो फल मिल्नेछैन । व्यर्थको सास्ति खेप्नु पर्नेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । महिनाको अन्त्यतिरबाट अध्ययन वा रोजगारका लागि विदेश जानेहरुका लागि राम्रो छ । प्रेम प्रसंगमा नयाँ उमङ्ग र उत्साह मिल्नेछ ।

#मासिक राशिफल

विशेष