मनोरञ्जन

लक्का जवानको 'मुसुक्कै हासन माया', हेर्नुभयो ? (भिडियोसहित)

लक्का जवानको 'मुसुक्कै हासन माया', हेर्नुभयो ? (भिडियोसहित)

काठमाडौँ। हाँस्य कलाकार शिवहरि पौड्यालको डेब्यु निर्देशन रहेको चलचित्र लक्का जवानको दोस्रो गीत 'मुसुक्कै हाँसन माया' सार्वजनिक भएको छ। 

जुनु रिजाल काफ्ले र बाबुल गीरीले आवाज दिएको उक्त गीतमा सलोन बस्नेत, दिलिप रायमाझी, वर्षा सिवाकोटी र प्रियंका कार्कीले कम्मर मर्काएका छन।  गीतको शब्द संगीत पनि बबुल्कै रहेको छ। यस गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन। गीतको भिडियोमा दीलिपसँग प्रियंका र सलोनसँग वर्षाको रोमान्स देख्न सकिन्छ । 

ध्रुव दत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्मातामा किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल छन् ।‘लक्का जवान’ को सह निर्मातामा सुशील अर्याल, राजाराम पौडेल, राज केसी, सुरेन्द्र केसी, दीपेन्द्र खनियालगायत छन् । ‘आमा बंगलामुखी फिल्म प्रोडक्सन’को ब्यानरमा बनेको फिल्मले केही पाका उमेरका मानिसहरुको कथा भन्ने बताइएको छ ।

आगामी ज्चैत २१ गतेबाट रिलिज हुन लागेको चलचित्रमा किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, सुशील पोखरेल, सरोज खनाल, अञ्जु महर्जन, अनुसुयषा श्रेष्ठ, सुरेन्द्र केसी, जयनन्द लामा, सविता गुरुङलगायतका कलाकारको अभिनय रहेको छ ।

लक्का जवान

विशेष