राशिफल

शुक्रबार कुन राशिका लागि शुभ रहला ? हेर्नुहोस राशिफल

शुक्रबार कुन राशिका लागि शुभ रहला ? हेर्नुहोस राशिफल

आज मिति २०७६ साल फागुन महिनाको २ गते शुक्रबार, तदअनुसार सन् २०२० फेब्रुअरी २४ तारिख, तपाईका लागि आजको दिन कस्तो रहला ? हेर्नुहोस आजको राशिफल 

मेष–

विश्वास गरेकाले धोका दिनेछन् भने साथीभाइहरू टाढिन सक्छन्। परिस्थितिको बन्धनमा परिने योग भएकाले सजग रहनुहोला।

वृष–

धेरै बोल्ने बानीले विवाद निम्त्याउन सक्छ। कुरा लगाउनेहरूले आत्मीय सम्बन्धमा फाटो उत्पन्न गर्न सक्छन्।

मिथुन–

सहयोगीहरू जुट्नाले काममा फाइदा उठाउन सकिनेछ।मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

कर्कट–

मित्रहरूको सञ्जाल फराकिलो हुनुका साथै प्रेमको गाँठो समेत कसिन सक्छ। अरूको भावना बुझ्ने चेष्टा गर्नुहोला।

सिंह

स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला। मेहनत गर्दा पढाइलेखाइमा प्रगति हुने समय छ।

कन्या–

खर्च बढ्नाले समस्या उत्पन्न हुन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। नजिकका आफन्त टाढिन सक्छन्

तुला–

नाता गाँस्नेहरूले केही दुःख दिनेछन्। रोकिएका काममा दोहोर्याएर प्रयास गर्दा फाइदा हुनेछ।

वृश्चिक–

पहिलेको उपलब्धिले काममा उत्साह जगाउनेछ। पहिलेका सहयोगी भने प्रतिस्पर्धीका रूपमा देखा पर्न सक्छन्।

धनु–

सबल स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। ईर्ष्या गर्नेहरुले फसाउन सक्छन् ।

मकर–

आक्षेप लगाउनेहरू सक्रिय हुनेछन्। विवादले मन खिन्न तुल्याउन सक्छ। विभिन्न अवसर प्राप्त हुनेछन्।

कुम्भ–

व्यावहारिक झमेला आइलाग्न सक्छन्। तर अप्ठ्यारो परिस्थितिमा पनि आस मारेको काम बन्नाले उत्साह जाग्नेछ।

मीन–

इच्छाशक्ति बढ्नुका साथै चाँडै लक्ष्य प्राप्त गर्न सकिनेछ। पारिवारिक जमघटको फाइदा उठाउँदै विभिन्न परिकारको आनन्द लिन पाइनेछ।

#Daily Horoscope

विशेष