राशिफल

कस्तो रहेको छ तपाईको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल

कस्तो रहेको छ तपाईको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल

यो साता तपाईका लागि कस्तो रहला ?  हेर्नुहोस माघ १८ गतेदेखि २४ गतेसम्मको साप्ताहिक राशिफल ! 

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) -  Aries

सोचे अनुरुपको काम बन्नाले मनमा उत्साह बढ्नेछ। धार्मिक तथा सामाजिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। साताको अन्त्यमामा आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्नेछ। मान प्रतिष्ठामा आँच आउने काम गर्नबाट बच्नुपर्नेछ । 

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) -Taurus

प्रेम सम्बन्धमा खटपट देखिने छ। कुरा काट्नेहरु प्रसस्त भेटिनेछन। कामबाट आशातित प्रतिफल मिल्नेछैन। साताको मध्यबाट भने हरेक समस्या समधान हुँदै जानेछन। रमाइलो यात्राको योग रहेको छ । व्यापार तथा सेयर कारोबारमा रुचि बढ्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह) - Gemini

भाग्यले हरेक क्षेत्रमा साथ दिनेछ। आम्दानीका नयाँ स्रोतहरु प्रसस्त फेला पर्नेछन। बोलीले धेरैको मन जित्न सकिनेछ। साताको मध्यमा महत्वपूर्ण कार्यमा व्यवधान आउने देखिन्छ । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउने छ । 

कर्कट  (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) - Cancer

मनमा उत्साह बढ्नेछ। सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । आर्थिक एवं व्यावसायिक क्षेत्र सुदृढ रहनेछ । व्यापार व्यवसायबाट मनग्य लाभ उठाउन सकिनेछ।

सिंह  (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) - Leo

बिछोडिएसका आफन्तजनसँग पुनर्मिलन हुनेछ। धार्मिक यात्राको अवसर जुट्नेछ। दाम्पत्यजीवन सुखद रहनेछ। साताको मध्यबाट लगनशिलताको अभावले निश्चित समयमा कार्य सम्पादन हुनेछैन। समग्रमा तपाईका लागि यो साता मध्यम रहेको छ। 

कन्या  (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)  -Virgo

अनावश्यक यात्राको सम्भावना छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन ठुलै कष्ट गर्नुपर्नेछ। मनमा दबाब र तनाव बढेको महसुस हुनेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । साताको अन्त्यबाट न्यायिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

तुला  ( र, रि, रु, रे, रो, ता, ति, तु, ते) - Libra

पराक्रम बढेर जानेछ। रोजगारीका नयाँ अवसर मिल्नेछन। मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ । स्वास्थ्य अनुकुल रहनेछ।  बुधवारबाट कामहरु अधुरै रहलान् । 

बृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु)  - Scorpio

बैदेशिक यात्रा सुखद रहनेछ। आतिथ्य सत्कार पाइने छ। धार्मिक कार्यमा मन जानेछ। मध्य साताबाट लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । महत्त्वपूर्ण कार्यमा व्यवधान आउने देखिन्छ । 

धनु  (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)  - Sagittarius

लामो समयदेखि रोकिएक काम पुन सुचारु भएर जानेछन। धर्म कर्म तथा समाजसेवामा मन लाग्नेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । धार्मिक, सामाजिक महत्त्वको क्षेत्रमा भ्रमण हुनसक्छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

मकर  ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)  - Capricorn

नयाँ कार्यको थालनी गर्ने शुभ समय रहेको छ। जिद्धिपनले काम बिग्रने सम्भावना रहेको छ। यात्रा गर्दा विचार पुर्याउनु पर्नेछ। साताको मध्यबाट धार्मिक कार्यमा मन जानेछ। कला कौशलको क्षेत्रमा मन जानेछ। 

कुम्भ  (गु, गे, गो, सा, सि, सु, से, सो, द)  -Aquarius

शुभकार्यको चर्चा चल्नेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ ।

मीन  (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)  - Pisces

साथी भाइको सर सहयोग प्रसस्त पाइने छ। नयाँ काम गर्ने जोस जाँगर बढेर जानेछ। आर्थिक लाभ भएर जानेछ। आफ्नो क्षेत्रमा प्रभुत्वे जमाउन सकिनेछ। धार्मिक कार्यमा मन जानेछ। पारिवारिक वातावरण सुखद रहला।  समग्रमा तपाईका लागि यो साता सुखद रहने छ। 

 

 

#Weekly Horoscope

विशेष