मनोरञ्जन

यस्तो बन्यो 'म यस्तो गीत गाउँछु २' को ट्रेलर (ट्रेलरसहित)

यस्तो बन्यो 'म यस्तो गीत गाउँछु २' को ट्रेलर (ट्रेलरसहित)

काठमाडौँ। चलचित्र ‘‘म यस्तो गीत गाउँछु २’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक चलचित्रको ट्रेलरमा  पूजा र पलको सांगीतिक यात्रालाई प्रस्तुत गरिएको छ ।

सुर्दशन थापा निर्देशित उक्त चलचित्रमा उनीसंगै पूजाको पनि लगानी रहेको छ । चलचित्रको कथा निर्देशक थापा स्वयंले  तयार पारेका हुन् । सौरभ लामाले छायांकन गरेको चलचित्रलाई बनिष शाह र मिलन श्रेष्ठले सम्पादन गरेका छन्।

फागुन २३ देखि रिलिज हुन लागेको चलचित्रमा पल र पूजाका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकाय लगायत कलाकारहरुको अभिनय रहेको छ। 

म यस्तो गीत गाउँछु २ ट्रेलर

विशेष