नङ हेरेर थाहा पाउनुहोस, आफ्नो स्वास्थ्य अवस्था
नङले हात र गोडाको सुन्दरता बढाउने मात्र नभई यसले स्वास्थ्यस्थितिको बारेमा पनि बताउने गर्छ। नङको अवस्थालाई ध्यान दिएर हेर्ने हो भने स्वास्थ्यका बारेमा बेलैमा जानकारी पाएर उपचार गराउन सकिन्छ ।
सुख्खा र सजिलै फुट्ने नङ
रसायनयुक्त सफाई औजार, नङपालिस हटाउने रिमुभर, पञ्जा नलगाइकन भाँडा धुने काम, बुढ्यौली र चिसो अवस्थाले नङ सुख्खा हुने र फुट्ने गराउँछ । यी माथि उल्लेख कारणबाहेक नै तपाईंको नङ फुट्छन् भने तपाईं थाइरोइड वा फंगल संक्रमणको शिकार हुनुहुन्छ ।
बाक्ला नङ
बाक्ला नङ प्राकृतिक देखिँदैनन् र चराको नङ्ग्रा जस्ता देखिन्छन् । तपाईंको यस्तो नङ छ भने फोक्सोको रोगको संकेत हो । छुट्टिएका बाक्ला नङले थाइरोइडको संकेत दिन्छन् । रक्तसञ्चारको समस्या वा फंगल संक्रमण पनि यसले जनाउँछ ।
भुक्क उठेका नङ
भुक्क गरी नङ उठ्दा तपाईंका औंला सुन्निन्छन् । यो भनेको मृगौला वा कलेजोको समस्याको संकेत हो, मलत्यागको समस्या र अझ एड्स जस्तो गम्भीर रोगको पनि संकेत हो ।
नङमा ठाडो कालो धर्को
नङको बीचमा वा पूरै भागमा कालो हुने स्थिति काला जातिका मानिसमा पाइन्छन् । नङभित्र रहेको कोठी पनि हुन सक्छ यो । तर यो धर्कोको रंग परिवर्तन भयो भने चाहिँ छालाको क्यान्सरको लक्षण हो ।
नङमा तेर्सो रेखा
कहिलेकाहीँ नङमा चोट लाग्दा यस्तो रेखा बन्न पुग्छ तर एउटाभन्दा बढी नङमा यस्तो देखियो भने चाहिँ गम्भीर बिरामीको संकेत हो । तपाईं गम्भीर बिरामीबाट निको हुनुहुँदैछ भने तपाईंको शरीरले रोगसँग लड्न सबै ऊर्जा प्रयोग गर्दैछ र नङमा ध्यान दिन पाएको छैन । केमोथेरापी गरेको मानिसको नङमा पनि तेर्सा रेखा बन्छन् ।
पहेंला नङ
उमेर बढ्दै जाँदा नङ पहेंलिन्छन् । तर जवान मानिसकै नङ पहेंलियो भने चाहिँ नङपालिसका कारण यसो भएको हुन सक्छ । चुरोट पिउने मान्छेको नङ पनि पहेंलो हुन्छ ।
नङ फुल्ने
नङ फुल्दा नयाँ कपडा पाइन्छ भन्ने नेपालीमा लोकोक्ति छ । तर क्याल्सियमको कमीको लक्षण हो यो । कहिलेकाहीँ नङमा चोट लाग्यो भने पनि फुल्छ । नङ बढ्दै जाँदा फुलो हराउँदै जान्छ तर फुलो रहिरह्यो भने फंगल संक्रमणको लक्षण हो ।
नङमा अर्धचन्द्राकार नहुनु
नङमा अर्धचन्द्राकार भएन भने थाइरोइडको समस्या भनी बुझ्नुपर्छ । हाइपोथाइरोइडले अर्धचन्द्र लुकाइदिन्छ अनि मूड अफ भइरहने, डिप्रेसन हुने, कपाल झर्ने र तौल बढाउने गर्छ ।
नङ