मनोरञ्जन

नेपाल आइडल रवि ओडको ‘सानी’ बजारमा (भिडियोसहित)

नेपाल आइडल रवि ओडको ‘सानी’ बजारमा (भिडियोसहित)

कठमाडौंः नेपाल आइडल सिजन–२ का विजेता रवि ओड र मेलिना राईको स्वरमा रहेको ‘सानी’बोलको नयाँ गीत सार्वजनिक भएको छ । एकपछि अर्को सफलतापछि रविको ‘सानी’ सार्वजनिक भएको हो ।

नेपाल आइडल घोषितपछि रविले झण्डै दर्जन गीत बजारमा ल्याइसकेका छन् । उनकाे नयाँ गीतमा शब्द, संगीत अर्जुन पोखरेलको रहेको छ ।

यस्तै पुरुषोत्तम सुवेदीले एरेन्ज गरेको गीतमा सुनिल क्षत्री र स्नेहा केसीले अभिनय गरेका छन् । ‘सानी’को भिडियोलाई अमृत चापागाईले सम्पादन, सुनिल क्षत्रीले निर्देशन र नवराज उप्रेतीले छायाँकन गरेका हुन् ।  

">

रवि ओड

विशेष