राशिफल

कस्तो छ तपाईको यो साता ? हेर्नुहोस साप्ताहिक राशिफल

कस्तो छ तपाईको यो साता ? हेर्नुहोस साप्ताहिक राशिफल

यो साता तपाईका लागि कस्तो रहला ?  हेर्नुहोस फागुन ३ गतेदेखि फागुन १० गतेसम्मको तपाईको साप्ताहिक राशिफल ! 

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) -  Aries

दैनिक कार्यमा प्रगति हुनेछ। साहित्य कलाको क्षेत्रमा रुचि बढ्नेछ। विदेश यात्रा सुखद रहनेछ। धार्मिक यात्राको अवसर मिल्नेछ। साताको मध्यमा सौन्दयको क्षेत्रमा धन खर्च हुनेछ। मानसिक तनाव बढ्नेछ। 

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) -Taurus

शुभ समाचार सुन्न पाइने छ। धार्मिक तथा आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ। सन्तान सुख मिल्नेछ। व्यापार व्यवसायबाट राम्रै  आम्दानी पनि हुनेछ । साताको मध्यमा नियम र अनुशासनलाई बेवास्ता गर्दा राम्रो अवसर गुम्न सक्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह) - Gemini

प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन सकिनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । 

कर्कट  (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) - Cancer

मानसिक द्विधा उत्पन्न हुनेछ। दाम्पत्य जीवनमा झैँ झमेला आइपर्ने छ। गरिएको कामबाट खासै सफलता पाइने छैन। साताको मध्यबाट आध्यामिक सिद्धि प्राप्त होला। प्रेम सम्बन्धमा सामिप्यता बढ्नेछ। भोजभतेरमा सहभागी अवसर मिल्नेछ। स्वास्थ्यमा भने केहि ख्याल पुर्याउनु पर्नेछ। 

सिंह  (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) - Leo

भौतिक साधन जुटाउने समय छ । अतिथिको रूपमा सत्कार पाइएला । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । सामाजिक मान प्रतिष्ठा पाउने समय छ। 

कन्या  (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)  -Virgo

साताको सुरुका दिनमा अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । बुधवारबाट लामो समय देखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। समग्रमा तपाईका लागि यो साता सुखद रहेको छ। 

तुला  ( र, रि, रु, रे, रो, ता, ति, तु, ते) - Libra

आफन्तको सर-सहयोग प्रसस्त पाइनेछ। नया ज्ञान सिक्ने समय छ। प्रेम तथा मित्रताको बन्धन कसिने समय रहेको छ। साताको अन्त्यमा आँटेको काममा सफलता नमिल्न सक्छ, सचेत रहनुहोला । 

बृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु)  - Scorpio

आफ्नो अधिकार प्राप्तिका लागि ठुलै संघर्ष गर्नुपर्नेछ। बोलीको नकारात्मक प्रभाव पर्न सक्ने भएकाले बोल्दा विचार पुर्याउनु पर्नेछ।  बुधवारबाट लामो समय देखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।

धनु  (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)  - Sagittarius

कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । दाजुभाइ तथा दिदीबहिनीले तपाईंका विचारलाई समर्थन गर्नेछन् । मान प्रतिष्ठा कमाउने समय छ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। सोचेका र आँटेका कामले सार्थकता पाउनेछन । 

मकर  ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)  - Capricorn

लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन्  ।धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काममा हात हाल्ने समय छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । बुधबारबाट प्रेममा बाधाका साथै बन्न लागेको काम विग्रनेछ । 

कुम्भ  (गु, गे, गो, सा, सि, सु, से, सो, द)  -Aquarius

यो साता जोश जाँगर र हिम्मत वढ्नेछ । धार्मिक यात्राको योगछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

मीन  (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)  - Pisces

यो साता गरेका काममा ढिलासुस्ती हुनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । यात्रामा मालसामान हराउन सक्छ । मध्य साताबाट इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । आकस्मिक धन लाभ हुनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । समग्रमा मीन रशिक्जा लागि यो सात मध्यम फलदायी रहेको छ। 

#साप्ताहिक राशिफल

विशेष