आँचल र प्रियंकाको बिहे फागुनमा पक्का, यी दिनलाई जुर्यो लगन

काठमाडौँ। नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेत्रीद्वय प्रियंका कार्की र आँचल शर्मा यहि फागुनमा विवाह बन्धनमा बाँधिने भएका छन। प्रियंकाले फागुन १५ गते विवाह गर्ने पक्का भएको आफ्नो ईन्ष्टाग्राममा तस्वीर शेयर गरेर जानकारी गराएकी छिन् ।
लामो समयदेखि प्रेम सम्बन्धमा रहेकी प्रियंकाले फागुन १५ नायक तथा मोडल आयुष्मान देशराजसँग लगनगाँठो कस्न लागेकी हुन्। प्रियंका र आयुष्मानले एक बर्ष अगाडिनै ईङगेजमेन्ट गरीसकेका छन् भने केही समय अगाडि नायिका प्रियंकाले थाईल्यान्ड पुगेर ब्याचलर पार्टी मनाएकी थिइन् ।
यस्तै अर्की अभिनेत्री आँचल शर्माको विवाह फागुन २९ मा पक्का भएको छ । डाक्टर उदिप श्रेष्ठ संग उनको विवाह पक्का भएको हो। आँचल उदीपसँग केही समयअघिदेखि प्रेममा छिन् । यतिबेला आँचल पनि म्युजिक भिडीयो तथा चलचित्रमा व्यस्त छिन् ।
#आँचल शर्मा #प्रियंका कार्की