खेल

आइपीएल खेल तालिका सार्वजनिक, उद्घाटन म्याचमा धोनी र रोहितको टिम खेल्ने

आइपीएल खेल तालिका सार्वजनिक, उद्घाटन म्याचमा धोनी र रोहितको टिम खेल्ने

काठमाडौंः आसन्न इन्डियन प्रिमियर लिग (आइपीएल) को खेल तालिका सार्वजनिक भएको छ । २९ मार्चदेखि १७ मेसम्म हुने १३ औँ सिजनको आइपीएल खेल तालिका शनिबार राति सार्वजनिक भएको हो । आसन्न आइपीएलको उद्घाटन खेलमा चेन्नई सुपर किंग्स र गत विजेता मुम्बई इन्डियन्स खेल्ने छन् । यी दुई टीमबीचको पहिलो खेल मुम्बईको वानखडे स्टेडियममा हुनेछ ।

आइपीएल २०२० मा ५ अप्रिल, १२ अप्रिल, १९ अप्रिल, २६ अप्रिल, ३ मे र १० मेमा दिनमा २–२ म्याच खेलाइने छ । यो पटक पनि पूरानै समयमा आइपीएलका म्याच सुरु हुने छन् । २ खेल हुने दिनमा पहिलो म्याच दिउँसो ४ र दोस्रो म्याच राति ८ बजे सुरु हुने छन् ।

दिल्लीको पहिलो म्याच पन्जावविरुद्ध

नेपाली लेग स्पिनर सन्दीप लामिछानेआवद्ध दिल्ली क्यापिटल्सको पहिलो म्याच किंग्स इलावेन पन्जावविरुद्ध रहेको छ । आइपीएल २०२० मा दिल्ली र पन्जावको पहिलो म्याच ३० मार्चमा हुने छ । यस्तै दिल्लीको अरु खेल ३ अप्रिल, ५ अप्रिल, १० अप्रिल, १३ अप्रिल, १९ अप्रिल, २२ अप्रिल, २६ अप्रिल, १ मे, ३ मे, ६ मे, १० मे र १३ मे छ ।

इन्डियन प्रिमियर लिग आइपीएल

विशेष