स्वास्थ्य

तातोपानी पिउनुका फाइदाहरु

तातोपानी पिउनुका फाइदाहरु

स्वास्थ्यका लागि दिनमा ७/८ गिलास पानी पिउनु आवश्यक छ। जाडो होस् या गर्मी हल्का मनतातो पानी पिउनुलाई स्वास्थ्यका हिसाबले अति नै फाइदाजनक मानिन्छ।

तातो पानी पिउनुका फाइदा यसप्रकार छन: 

शरीरको शुद्धिकरण 

तातो पानीले शरीरको शुद्धिकरण गर्छ । उमालेको पानी आफैमा शुद्ध त हुन्छ नै यसले पाचन प्रणालीलाई पनि नियमित गर्छ । यदि तपाइँको पाचन प्रणालीमा गडबडी छ भने दिनको दुइ पटक तातो पानी पिउनुहोस् । बिहान उठ्ने बित्तिकै तातो पानी पिउँदा शरीरमा जम्मा भएका विषाक्त तत्वहरु मुत्रसँगै बाहिर जान्छन्, जसले पूरै रगत सफा पार्न मद्दत गर्छ । तातो पानीमा कागती र मह मिसाएर पिउँदा अझ बढि लाभदायी हुने बताइएको छ ।

कब्जियतबाट छुटकारा

शरीरमा पानीको मात्रा कमी भएपछि कब्जियतको समस्या उत्पन्न हुन्छ । यदि तपाईले दिनहुँ बिहान कम्तिमा १ गिलास तातो पानी पिउनुभयो भने कब्जियतको समस्याबाट छुटकारा पाउनुहुनेछ। 

मोटोपना नियन्त्रण

बिहान वा खानापछि हरेक पटक एक गिलास तातो पानीमा कागती वा मह मिसाएर पिउने गर्नुहोस् । यसले तपाईको मोटोपना नियन्त्रणमा सघाउ पूराउनेछ । कागतीमा हुने पेक्टिन फाइबरले भोक कम गर्छ ।

चिसोबाट बचाउछ 

यदि घाँटी दुख्यो वा टन्सिल भयो भने तातो पानी पिउँदा फाइदा हुन्छ । तातो पानीमा नुन मिसाएर पिउँदा अझ लाभदायी हुन्छ ।

पसिनाको निष्कासन

 जब तपाई कुनै तातो चिज खानुहुन्छ वा पिउनुहुन्छ शरीरबाट पसिना निस्कन थाल्छ । शरीरको तापक्रम बढ्दा पसिना निस्कन्छ, पसिना निस्केपछि तापक्रम घट्छ र शितल हुन्छ ।  साथै यसले ब्लड सर्कुलेशनमा पनि फाइदा पुर्याउछ। 

दुखाइ कम गर्न

प्रायः महिलाहरुमा महिनावारीका समयमा पेट दुख्ने गर्छ । महिनावारीको समयमा पेट दुख्दा तातो पानीमा सुकमेलको धुलो मिसाएर खाँदा दुखाइ कम हुन्छ । यसले केवल महिनावारीको दुखाइ मात्र होइन टाउको तथा पेटको दुखाइ पनि कम गर्छ ।

 

तातोपानी

विशेष