राशिफल

सोमबार तपाइका लागि कस्तो? पढौं आजको राशिफल

सोमबार तपाइका लागि कस्तो? पढौं आजको राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज शुभकार्यको चर्चा चल्नेछ । अकस्मात धन सम्पत्ति हात पर्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) जोश जाँगर र हिम्मत बढ्नेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । बोलीको विपरीत अर्थपनि लाग्न सक्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) पारिवारिक सद्भाव बढ्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । साहित्यिक क्षेत्रमा रूची बढ्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । ठुला व्यक्तिले तपाईँका मेहनतको प्रसंसा गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । तिर्थाटनको योगछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) आज आकस्मिक धनलाभ हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।  

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । पारिवारिक सहयोग मिल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । घरमा अतिथीको आगमन हुनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) गरेको काममा ढिलासुस्ती हुनेछ । विचार गरेर निर्णय लिनु उचित होला । दबाब र तनाव बढेको महसुस हुनेछ । पारिवारिक समस्या आइपर्ला ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । स्वादिष्ट भोजनपनि पाईनेछ ।

सोमबार राशिफल

विशेष