खेल

एकदिवसीय वरियतामा नेपालको सुधार

एकदिवसीय वरियतामा नेपालको सुधार

काठमाडौंः अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले सार्वजनिक गरेको नयाँ एकदिवसिय वरियतामा नेपालले सुधार गरेको छ । आइसीसीले सार्वजनिक गरेको नयाँ ओडीआई वरियतामा एक स्थान सुधार गर्दै नेपाल १६ औं स्थानमा उक्लिएको छ । कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा भएको विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा २ जित निकालेपछि नेपालले वरियतामा सुधार गरेको हो ।

ओमान र अमेरिकासँग भएको सिरिजमा नेपालले ४ खेलमा २ जित निकालेको थियो । नेपाल ओमानसँगको दुई खेलमा पराजित हुँदा अमेरिकासँगको दुई खेलमा भने विजयी भएको थियो । नयाँ वरियता अनुसार नेपालको १२ खेलमा २ सय ३७ अंक र २० रेटिङ छ । १७ औं स्थानमा नामिबिया, १८ औं यूएई, १९ मा अमेरिका र २० मा पप्पुवा न्यूगिनी छन् ।

शीर्ष स्थानमा इंग्ल्यान्ड छ । भारत दोस्रो, न्यूजिल्यान्ड तेस्रो, दक्षिण अफ्रिका चौथो र अष्टेलिया पाँचौ स्थानमा छन् । पाकिस्तान छैटौं, बंगलादेश सातौ, श्रीलंका आठौं, वेस्ट इन्डिज नवौं र अफगानिस्तान शीर्ष १० मा छ ।

आइसीसी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् नेपाल क्रिकेट टिम एकदिवसिय वरियता

विशेष