‘अमेरिकन आइडल’ मा छानिए दिवेश पोखरेल

काठमाडौंः काठमाडौंका दिवेश पोखरेल ‘अमेरिकन आइडल’ को हलिउडको प्रस्तुतिका लागि छनोट भएका छन् ।
आइतबार अमेरिकी च्यानल ‘एबिसी’ बाट प्रसारण पहिलो श्रृंखलाबाट उनी छानिएका हुन् । आर्थर गनका उपनामले गाउँदै आएका २० वर्षका पोखरेल करिव ६ वर्षअघि अमेरिका गएका थिए । उनी आफ्ना बुबा–आमासहितको परिवारमा क्यान्सस राज्यको विचिटामा बस्छन् ।
छनौटका प्रस्तुत हुँदा उनले आफू नेपालमा जन्मेको र नेपालको सुन्दरतामाथि प्रकाश पार्ने कोशिस गरेका थिए । पोखरेले आफू ६ वर्ष हुँदादेखि गाउन थालेको बताएका छन्।
दिवेश पोखरेल