युरिक एसिड छ ? खानपानमा राख्नुहोस् ध्यान

गलत खानपान र अव्यवस्थित जीवनशैलीले गर्दा पछिल्लो समय मानिसहरु विभिन्न प्रकारका रोगहरुबाट ग्रसित छन। सही खानपानको अभावले तौल बढ्ने,मधुमेह, उच्च रक्तचापका साथै युरिक एसिडको समेत प्रबल सम्भावना रहन्छ। युरिक एसिड बढ्नुको पछाडी अनावश्यक तनाव,गलत खानपान र अनिन्द्रालाई प्रमुख मानिन्छ।
युरिक एसिडको समस्याले हाम्रो शरीरमा कार्बन, हाइड्रोजन, अक्सिजन र नाइट्रोजनको मात्रा अत्याधिक बढ्ने गर्छ। साथै हाम्रो किड्नीले यस प्रकारको तत्वलाई ठिकसँग फिल्टर गर्न पाउदैन जसले यी तत्वको ग्यास हड्डीमा जम्मा हुन थाल्छ। र विस्तारै विस्तारै हाडजोर्नी दुख्ने, सुन्निने जस्ता समस्या देखिन थाल्छ।
यदि युरिक यसिडको समयमा नै उपचार नगराएको खण्डमा यसले भविश्यमा गम्भीर रुप पनि लिन सक्छ। हाम्रो शरीरमा अधिक मात्रामा प्रोटिन,सी फुड, धेरै गुलियो खानाले युरिक यसिड बढाउन मदत गर्छ। त्यसकारण यी चिजको सेवन उपयुक्त मात्रामा गर्नु आवश्यक छ। त्यस्तै युरिक एसिडको उपचार एलोप्याथिक औषधिद्वारा पनि सम्भव छ।
यसका अलावा ताजा फलफुल, नरिवलको पानी, हरिया सागसब्जीको सेवनले पनि युरिक एसिडको मात्रालाई रोक्न मदत गर्छ। यसबाट बच्न आहार बिहार र नियमित व्ययाममा बिशेष ध्यान दिनु पर्छ।
युरिक एसिड