प्रवास

यूएईमा नेपालीलाई १ किलो सुन र कार उपहार

यूएईमा नेपालीलाई १ किलो सुन र कार उपहार

यूएईः १९ वर्षेदेखि यूएईमा कार्यरत ताप्लेजुङको श्रीजङ्गा–४ का यमनाथ भट्टराईले १ किलो सुन उपहार पाएका छन् । अल अहलिया एक्सचेञ्ज यूएईको विन्टर प्रमोसन योजनाअन्तर्गत उनले १ किलो सुन उपहार पाएका हुन् ।

एमवीएम कम्पनीमा कार्यरत भट्टराईले १८ वर्षदेखि अल अहलिया एक्सचेञ्जमार्फत रकम पठाउँदै आएका थिए । उनले विन्टर प्रोमोसन योजनाअन्तर्गत एक महिनाअघि ३५ हजार रुपैयाँ सेन्चुरी रेमिटमार्फत अहलिया एक्सचेञ्जबाट नेपाल पठाएका थिए।

उनले पाएको १ किलो सुन नेपाल लैजान प्राविधिक कठिनाइ रहेकाले बजार मूल्य अनुसार ५७ लाख रुपैयाँ नगद प्रदान गर्न लागिएको अलअहलिया एक्सचेञ्जका नेपाल प्रमुख बेनी माधव ढकालले जानकारी दिए ।

उता, रोल्पाका झकबहादुर गिरी र रूपन्देही सैनामैनाकी सीता पाण्डेले निशानको कार उपहार पाएका छन् । एक्सचेञ्जको योजना अन्तर्गत उनीहरूले निशानको सनी कार जितेका हुन् । यूएईमा अहिले निसानको सनी कारको मूल्य झण्डै ४५ हजार दिराम खछ ।
 

यूएई यमनाथ भट्टराई कार उपहार

विशेष