लियोनेल मेस्सी र लुइस हेमिल्टनले जिते 'लरेन्स वर्ल्ड स्पोर्टम्यान अफ द इयर २०२०' को उपाधि
एजेन्सी। अर्जेन्टिनाका महान फुटबलर लियोनेल मेस्सी र छपटकसम्म फर्मुला वान को विश्वकप जित्न सफल लुईस हेमिल्टनले संयुक्त रुपमा 'लरेन्स वर्ल्ड स्पोर्टम्यान अफ द इयर अवार्ड २०२०' को पुरस्कार जितेका छन। जर्मनीमा आयोजित एक कार्यक्रमका बिच उनीहरुलाई यस पुरस्कारबाट सम्मान गरिएको हो।
यस जोडीले तिन पटकसम्मका लरेन्स पुरस्कार बिजेता र विश्वको नम्बर एक टेनिस खेलाडी राफेल नडाल, मोटो जीपी विश्व च्याम्पियन मार्क मार्किज, गोल्फ लिजेन्ड टाइगर वुड्स र विश्वको पहिलो एथलीट एलिउड किपचोगे लाइ पछि पारेका हुन्।
सचिनले जिते लरेन्स २० स्पोर्टिंग मुमेंट २०००-२०२० पुरस्कार
त्यस्तै क्रिकेटका भगवान मानिने महान ब्याट्सम्यान सचिन तेण्डुलकरले लरेन्स लरेन्स २० स्पोर्टिंग मुमेंट २०००-२०२० पुरस्कार जितेका छन। सचिनको नाम २०११ वर्ल्ड कप विनिंग मुमेंटका लागि पनि सुचिकृत भएको थियो। सचिनसहित धेरै प्रतियोगीहरू २००० देखि २०२० सम्मको सर्वश्रेष्ठ लरेन्स खेलहरूको दौडमा सहभागी थिए। तेंदुलकर सम्बन्धित उक्त पुरस्कारको नाम 'क्यरिड अन द शोल्डर्स अफ ए नेशन' शिर्षक दिइएको थियो।
#लियोनेल मेस्सी #लुइस हेमिल्टन