मनोरञ्जन

कट्रिनासँगको सम्बन्धलाई लिएर बिक्कीले गरे यस्तो खुलासा

कट्रिनासँगको सम्बन्धलाई लिएर बिक्कीले गरे यस्तो खुलासा

एजेन्सी। 'मसान', 'मनमर्जियान' र 'उरी: सर्जिकल स्ट्राइक' जस्ता चलचित्रमा अभिनय गरिसकेका बलिउड अभिनेता बिक्की कौशल अभिनित चलचित्र भूत यसै वर्ष रिलिज हुने तयारीमा रहेको छ। केहिदिन अघि यस चलचित्रको टिजर पनि रिलिज भएको छ। 

पछिल्लो केहि समयदेखि बिक्किको नाम अभिनेत्री कट्रिना कैफसँग पनि जोडीएको छ। तर यी दुईले आफ्नो सम्बन्धको बारेमा केहि पनि बोलेका छैनन्। तर अब भन्ने बिक्किले आफ्नो सम्बन्धको  बारेमा खुस्लत भनेका छन। 

एक अन्तर्वार्ताको दौरानमा बिक्किले  'म आफ्नो व्यक्तिगत जीवनको रक्षा गर्न चाहन्छु किनकि यदि तपाईले यस बिषयमा कुरा गर्नुभयो भने यो कुरा चारैतर्फ भ्रम फैलिन्छ तर म यसो नहोस भन्ने चाहन्छु। उनले अझै थपे म यतिबेला मेरो जीवनको कुनै पनि कुरा शेयर गर्ने पक्षमा छैन र मेरो व्यक्तिगत जीवनमा म सतर्क नै रहन चाहन्छु। 

बिक्की छिट्टै नै धर्मा प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको चलचित्र 'भूत द पार्ट वान, द हन्टेड शिप' मा देखिदै छन। यसको हालसालै मात्र पोस्टर र टिजर सार्वजनिक गरिएको छ। 

यो चलचित्र एक समुन्द्री जहाजको कहानीमा आधारित रहनेछ। भानुप्रतापसिंह द्वारा निर्देशित यस चलचित्रमा बिक्किका अलावा भूमी पेडनेकर र आशुतोष राणा मुख्य भूमिकामा देखिंदै छन। चलचित्र आगामी बर्षको फेब्रुअरी १४ मा रिलिज हुनेछ। 


 

कट्रिना कैफ बिक्की कौशल

विशेष