गायिका सुष्मिताले गरिन आत्महत्या
एजेन्सी। कन्नड फिल्मकी चर्चित गायिका सुष्मिताले आफ्नो माइतीमा आत्महत्या गरेको भारतीय संचार माध्यमले जनाएको छ ।सुष्मिताले आत्महत्या गर्नुअघि निकै आमासँग लामो मेसेज पठाएर आफ्नो मृत्युको कारण बताउँदै दोषीलाई कुनै पनि स्थितीमा नछोड्ने आग्रह गरेकी छिन् ।
यसबारे पुलिसले सोमबार उनकी आमासँग कुराकानी गरेको छ जसमा उनकी आमाले दाइजो उत्पीडनका कारण छोरीले यस्तो कदम उठाएको बताइन् । प्रहरी स्रोतका अनुसार २७ वर्षीया गायिकाले आइतबार आत्महत्या गरेकी हुन् । आइबी टाइम्सले स्रोत उद्धृत गर्दै सुसाइड नोटमा सुष्मिताले के लेखेकी थिइन्, त्यसबारे जानकारी दिइएको छ जसमा बताइए अनुसार सुष्मिताले लेखेकी छिन्, ‘आमा मलाई माफ गरिदिनु, मैले मेरो गल्तीको सजाय पाइरहेकी छु । मलाई श्रीमानका आन्टीले टर्चर गरिन् । उनले मलाई घरबाट निस्कन भन्थिन् । उनलाई नछोड्नुहोस् । शरत, वैदेशी र गीता मेरो मृत्युका लागि प्रत्यक्ष रुपमा जिम्मेवार छन् । मैले उनीहरुलाई धेरै बिन्ती गरेँ तर उनीहरुको मन र मुटु कहिले पनि पग्लिएन ।’
उनले थपिन्, ‘म उनीहरुको घरमा मर्न चाहन्नँ । विवाहको दिनदेखि नै यी सबै सुरु भएको थियो । मेरो अन्तिम संस्कार मेरो माइतीमै मेरो भाइको हातबाट होस् । मेरा घरका लई नछोड्नुहोस् नभए मेरो आत्माले शान्ति पाउँदैन । म तपाईंलाई धेरै मिस गर्नेछु, आमा ।’
स्रोतका अनुसार करिब डेढ वर्ष अघि शरत कुमारसँग उनको विवाह भएको थियो । विवाहको केही समयपछि नै श्रीमान् र घरका सदस्यसँग उनको मतभेद भएको थियो । झगडा बढ्दै गएपछि उनी माइतीमा नै बस्न थालिन् ।सुष्मिताले ‘श्रीसमान्य’ र ‘हालू ठुप्पा’ जस्तो कन्नड फिल्ममा गीत गाएकी थिइन्।
सुस्मिता