Technology

पखेटा हालेर, मानिस पनि अब चराझैँ उड्न सक्ने !

पखेटा हालेर, मानिस पनि अब चराझैँ उड्न सक्ने !

एजेन्सी। मान्छेलाई हावामा चरा जस्तै गरी विचरण गराउन सकिने एउटा परियोजनाको सफल परीक्षण हालै दुवइमा गरिएको छ । जेट इञ्जिन जडित पखेंटाका बीचमा मानिस बसेर चरा जस्तै आकासमा उड्न सकिन्छ भनेर पहिलो पटक मानव उडान गरिएको हो ।

यसअघि तातो हावा भरिएको बेलुन, अल्ट्रा फ्लाइट तथा हवाइजहाज भित्र बसेर मानिस उडेको भएपनि खुला आकासमा चरा जस्तै गरी उड्न भने सफल भएका थिएनन् ।  दुवइमा “जेटम्यान  दुवइ” नाम दिइएको उक्त परियोजनामा भिन्स रेफिट नाम गरेका व्यक्ति ५ हजार ९ सय फिट माथिसम्म आकासमा उडेका छन् ।

एक्स दुवइ नामक खेलकुद कम्पनीले निर्माण गरेको उक्त मानव जेट इञ्जिनमा कार्वन फाइवरबाट बनेको लुगा जोडिएको छ । त्यहि लुगा सहित जेट इञ्जिनमा बसेर ४०० किलोमिटर प्रतिघण्टाको वेगमा उड्न सकिने कम्पनीले जनाएको छ ।।

चरा मानिस पखेटा

विशेष