स्वास्थ्य

यस्ता छन, हरियो खुर्सानी खानुका फाइदाहरु

यस्ता छन, हरियो खुर्सानी खानुका फाइदाहरु

प्रायजसो नेपालीहरु खानासंग हरियो खुर्सानी खान खुब मन पराउछन् । पीरो मन पराउनेका लागि हरियो खुर्सानी बिनाको खाना नै खल्लो र नरुच्ने पनि हुन्छ । धेरैले खुर्सानी स्वादका लागि मात्र खाने गरेको पाइन्छ । तर, खुर्सानी खाएमा फाइदा पुग्ने, कमैलाई मात्र जानकारी होला ।

यस्ता छन् हरियो खुर्सानी खानुका फाइदाहरु:

-हरियो खुर्सानीमा भिटामिन ए भरपूर मात्रामा हुने भएकाले यसको सेवनले आँखा तेजिलो र छाला चम्किलो बनाउँछ ।

-हरियो खुर्सानीमा भिटामिन सी पर्याप्त मात्रामा हुन्छ । भिटामिन सी ले अरु भिटामिनलाई शरीरमा राम्ररी पचाउन मद्दत गर्छ।

-हरियो खुर्सानीमा डाइट्री फाइबर्स प्रचुर मात्रामा हुने भएकाले यसले पाचन क्रियालाई नियमित राख्न मदत गर्छ।

-हरियो खुर्सानी एन्टी–अक्सिीडेन्टको राम्रो स्रोत पनि हो ।

-हरियो खुर्सानीले ब्लड सुगरलाई कम गर्दछ।

-हरियो खुुर्सानी खानाले छाला सफा हुन्छ भने डन्डीफोर आउन दिँदैन ।

-हरियो खुर्सानीमा क्याप्साइसिन नामक एक तत्व पाइने हुनाले यसले क्यान्सरबाट जोगाउन समेत महत्वपूर्ण भूमिका खेल्छ ।

-यदि पेटको समस्या छ भने डक्टरहरुको सल्लाहमा मात्र खुर्सानी खानु होला ।

#हरियो खुर्सानी

विशेष