स्वास्थ्य

जान्नुहोस्, दाँत ब्रश गर्ने सहि तरिका

जान्नुहोस्, दाँत ब्रश गर्ने सहि तरिका

दाँतको सफाई र त्यसलाई स्वस्थ राख्नका लागि हामी नियमित रुपमा ब्रश गर्ने गर्छौं। तर के तपाईलाई थाहा छ ब्रश गर्ने सहि तरिकाको बारेमा ? दाँतलाई स्वस्थ राख्नमा ब्रश गर्ने तरिकाको पनि निकै महत्व रहेको हुन्छ। जान्नुहोस दाँत ब्रश गर्ने सहि तरिका 

१. दाँत स्वस्थ राख्नका लागि खाना खाएपश्चात ब्रश गर्नु आवश्यक छ। यसो भन्दैमा खाना खाने बित्तिकै भने ब्रश गर्नुहुँदैन। खाना खाएको कमसेकम १/२ घण्टा पछि ब्रश गर्नाले खाना पछि दाँतमा बन्ने इनामेलले राम्रोसँग काम गर्न पाउँछ।  

२.बिहान मात्र नभई राती पनि खाना खाएको १ घण्टा पश्चात या त सुत्ने समयमा ब्रश गर्नुपर्छ। ताकी ब्याक्टेरिया मुखमा र दाँतमा जम्मा हुन नपाओस। 

३. ब्रश गर्ने समय यदि तपाई हतारमा हुनुहुन्छ र एक दुई राउण्ड ब्रश गरि कुल्ला गर्नुहुन्छ भने यो गलत हो। हामीले कम्तिमा पनि २ मिनेट ब्रश गर्नुपर्छ र दाँतको चारैतर्फ ब्रश चलाउनु पर्छ जसले प्लाक सफा गर्न मदत गरोस 

४. ब्रश गर्ने समय दाँतलाई जोर पर्ने गरि ब्रश गर्नुहुँदैन यसले दाँतको जरालाई कमजोर बनाउछ र दाँतसम्बन्धी विभिन्न समस्या देख्न पर्न सक्छ। नर्मल ब्रिसल्सले हल्का हातले ब्रश गर्नाले दाँत स्वस्थ राख्न मदत गर्छ।  

५. हप्तामा एकपटक निबुवा पानीले दाँत सफा गर्नुपर्छ जसले दाँतको पहेंलोपाना हटाई सफा र चम्किलो राख्न मदत गर्छ। यसका अलावा भिटामिन सी, दही, सलाद आदिको प्रयोग गरेमा पनि दाँतलाई फाइदा पुग्छ।  

 

 

टुथब्रश

विशेष