राशिफल

महाशिवरात्रि कुन राशिका लागि शुभ रहला ? हेर्नुहोस आजको राशिफल

महाशिवरात्रि कुन राशिका लागि शुभ रहला ? हेर्नुहोस आजको राशिफल

आज मिति २०७६ साल फागुन महिनाको ९ गते शुक्रबार, तदअनुसार सन् २०२० फेब्रुअरी २१ तारिख, आज महाशिवरात्री पर्व,तपाईका लागि आजको दिन कस्तो रहला ? हेर्नुहोस राशिफल 

मेष–

समय मध्यमस्तरको छ । कुनै नयाँ समाचारले खिन्नता पनि बढ्न सक्छ । पारिवारिक कलह सिर्जना हुनेछ। पढाई लेखाईमा खासै ध्यान जानेछैन। 

वृष–

छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ, तर खास हानि पुग्दैन । धार्मिक कार्यमा मन जानेछ। मान सम्मान पाइने छ। समग्रमा तपाईजा लागि आजको दिन सुखद रहेको छ।  

मिथुन–

धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । तर, शारीरिक अस्वस्थताको सम्भावना छ।

कर्कट–

काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धनलाभ होला । नोकरीमा पदोन्नतीको योग रहेको छ। नयाँ सम्बन्धको प्रस्ताव आउनेछ्न। 

सिंह–

परिवारजनमा असमझदारी बढ्नेछ, मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन् ।

कन्या–

धन मान पाउने योग छ । नोकरि तथा राजनितीमा आफनु बर्चस्व बढाउन सकिन ेछ । स्वास्थ्य अनुकुल रहला। 

तुला–

सामाजिक उत्तरदायित्व हासिल हुने योग छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ ।

वृश्चिक–

बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने छ । शर्मिक कार्यमा मन जानेछ। आध्यात्मिक सिद्धि प्राप्त हुनेछ। 

धनु–

घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुन्छ । पारिवारिक असमझदारी बढ्नेछ। 

मकर–

आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा फाइदा होला । छोटो दुरीको रमणीय यात्राको योग रहेको छ। 

कुम्भ

सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । सामाजिक कार्यमा सरिक भईएला। 

मीन–

हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । नयाँ कामका स्रोत फेला पर्लान । काममा मन प्रसस्त मात्रामा जानेछ

#दैनिक राशिफल

विशेष