मनोरञ्जन

विराज भट्ट निर्देशित ‘साङ्लो’को आम्दानी

विराज भट्ट निर्देशित ‘साङ्लो’को आम्दानी

काठमाडौंः माघ २४ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘साङ्लो’ ले अभिनेता विराज भट्टको स्टारडम पुनः फिर्ता गरेको चर्चा सुरु भएको छ । चार वर्षपछि नेपाली फिल्ममा कमब्याक गरेका उनले निर्देशन, निर्माण र अभिनय गरेको यो फिल्मको इनिसियल बक्सअफिस आक्रामक भएपछि यस्तो चर्चा कमाएको हो ।

प्रदर्शनको दोस्रो दिन शनिवार सिंगल थिएटरमा ठूलो कमाई गरेको फिल्मले आज शुक्रबारबाट तेस्रो हप्तामा प्रदर्शन थालनी गर्दैछ । अभिनेता भट्टले अहिलेसम्म फिल्मको कमाई गोप्य राखेका छन् । तर वितरकले भने ‘साङ्लो’ ले राम्रो कमाएको दावी गर्दै आएका छन्। 

वितरक गोपालकाली कायस्थले फिल्मलाई दिएको एमजीको रकम उठेको दाबी गर्छन्। उनले भने, ‘मैले फिल्मलाई दिएको ३० लाख एमजी चाहिँ प्रदर्शनको दुई हप्तामा सजिलै उठेको छ। विराजले हलबाट मोटो रकम (शेयर) पाउन सक्छन्।’ 

यस्तै ४ वर्षपछि नेपाली फिल्ममा फर्किएका अभिनेता भट्ट ‘साङ्लो’ को सिक्वेल निर्माणको तयारीमा जुटेका छन्। दर्शकबाट सिक्वेलको चर्को माग आएका कारण आफू ‘साङ्लो–२’ को बारेमा सोचिरहेको उनले बताए । ‘साङ्लो’को अधिकांश दृश्य सुदूरपश्चिममा छायांकन भएको चलचित्र हो । 

साङ्लो विराज भट्ट

विशेष