Technology

औद्योगिक क्षेत्रको विद्युत् महसुल १५ प्रतिशतसम्म वृद्धि गर्ने प्रस्ताव

औद्योगिक क्षेत्रको विद्युत् महसुल १५ प्रतिशतसम्म वृद्धि गर्ने प्रस्ताव

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोग समक्ष औद्योगिक क्षेत्रको विद्युत् महसुलमा १५ प्रतिशतसम्म वृद्धि गर्न प्रस्ताव गरेको छ । विद्युत् प्राधिकरणले प्रस्ताव गरेर प्रतिक्रियाका लागि सार्वजनिक गरिएको विवतरण अनुसार, टीओटी (टाइम अफ डे) ६६ केभीमार्फत आपूर्ति गर्ने उद्योगका लागि डिमान्ड चार्जतर्फ प्रतियुनिट २४० रुपैयाँबाट २७५ अर्थात १५ प्रतिशतसम्म बढाउन प्रस्ताव गरिएको छ ।

इनर्जी चार्जतर्फ पिक टाइमअन्तर्गत साँझ ५ देखि ११ बजेसम्म प्रतियुनिट ९.३० बाट १०.५०, अफ पिक समयमा ४.१५ लाई ५.४० र सामान्य समयमा ७.५ लाई बढाएर ८.५५ प्रस्ताव गरिएको छ । विगतमा डेडिकेटेड फिडर लिएका ग्राहकलाई दोब्बर दस्तुर तोके पनि यसबारे सार्वजनिक विवरणमा कुनै उल्लेख छैन ।

त्यसैगरी ३३ केभी भोल्टेजका उद्योगका लागि डिमान्ड चार्जतर्फ २५० रुपैयाँबाट २९० अर्थात १६ प्रतिशत, पिक समयमा प्रतियुनिट १०.२० बाट ११ रुपैयाँ, अफ पिक समयमा ५.२५ बाट ५.६५ र सामान्य समयमा ८.४० बाट ८.९५ रुपैयाँसम्म बढाउन प्रस्ताव गरिएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा भीम गौतमले लेखेका छन। 

विद्युत् महसुल

विशेष