मनोरञ्जन

नेपाल आइडलको ‘टप–८’मा पुग्ने प्रतिस्पर्धीको टुंगो लाग्यो

नेपाल आइडलको ‘टप–८’मा पुग्ने प्रतिस्पर्धीको टुंगो लाग्यो

काठमाडौंः नेपाल आइडल सिजन–३ को ‘टप–८’ मा पुग्ने प्रतिस्पर्धीको टुंगो गालेको छ । बिहीबारको अंकमा पोखराकी ममता गुरुङ बाहिरिएसँगै आइडलको ‘टप–८’मा पुग्ने प्रतिस्पर्धीको टुंगो लागेको हो । उनी पोखरा अडिसनबाट नेपाल आइडलमा आएकी थिइन्।

बटम ३ मा ममतासँगै मेघा श्रेष्ठ र  मुस्कान रानाभाँट पनि परेका थिए। तर, ममताको भोट उनीहरुभन्दा कम भएपछि बाहिरिएकी हुन् ।

ममताले बाहिरिँदै गर्दा ‘यति राम्रो प्लटफर्म दिनुभयो, म यहाँसम्म आउनु नै ठूलो कुरा हो..’  भन्दै आँसु झारेकी थिइन् । यो साता रचना रिमालले सबैभन्दा धेरै भोट पाएकी छिन् । नेपाल आइडलमा भोट संख्या भने खुलाइदैन । नेपाल आइडल सिजन–३ को टप–८ मा रचना रिमाल, मेघा श्रेष्ठ, सज्जा चौलागाई, मुस्कान रानाभाँट, नेसन पुन मगर, किरणकुमार भुजेल, प्रविन बेडवाल र केभिन ग्लान तामाङ पुगेका छन् । 

नेपाल आइडलमा विगतमा झैं यो सिजनमा पनि न्ह्यू वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक छन् ।

नेपाल आइडल ममता गुरुङ

विशेष