मनोरञ्जन

आयुष्मान खुरानाको फिल्मलाई यूएईमा प्रतिबन्ध

आयुष्मान खुरानाको फिल्मलाई यूएईमा प्रतिबन्ध

एजेन्सीः बलिउड अभिनेत्री आयुष्मान खुराना अभिनित फिल्म ‘शुद्ध मंगल ज्यादा सावधान’ यूएई प्रदर्शनमा प्रतिबन्ध लगाइएको छ । यूएईका सञ्चारमाध्यमहरूका अनुसार आज रिलिज भइरहेको ‘शुभ मंगल ज्यादा सावधान’ प्रदर्शनमा प्रतिबन्ध लगाइएको हो।

पुरुष समलिंगी ‘गे’ को कथामा आधारित फिल्म भएकाले यूएईमा प्रतिबन्ध लगाइएको उल्लेख गरिएको छ। यस फिल्ममा अभिनेता खुराना पुरुष समलिंगी ‘गे’ को भूमिकामा देखिँदै छन्। यसअघि अभिनेता खुराना र जितेन्द्र कुमारबीचको किस सिन हटाइएमात्र फिल्म रिलिज गर्न सकिने सम्भावना रहेको बताइएको थियो।

‘पूर्वीय समाजमा समलिंगी हुनु र त्यसलाई व्यक्त गर्न जोखिम रहेको विषयमा फिल्म आधारितले भारतको विकसित समाजको कथा भनेको छ । यस विषयलाई सहजै स्वीकार गरिँदैन । फिल्म हेर्ने दर्शकले यस फिल्मबाट भरपूर मनोरञ्जन पाउनेछन्। समलिंगीका विषयमा कुरा गर्न मन नगर्ने दर्शकले उनीहरूका बारे एकपटक सोच्नेछन्,’ अभिनेता खुरानाले भने।

हितेश केवाल्याले निर्देशन गरेको ‘शुभ मंगल ज्यादा सावधान’ मा अभिनेता खुरानासहित नीना गुप्ता र गजराज रोयलगायतका कलाकारले अभिनय गरेका छन्।

सन् २०१२ मा ‘विक्की डोनर’ बाट बलिउडमा डेब्यु गरेका अभिनेता खुरानाले सज् २०१७ को ‘शुभ मंगल सावधान’ मा यौन रोगी, २०१८ को ‘अन्धाधुन’ मा दृष्टिविहीन र गत वर्षको ‘ड्रिम गर्ल’ मा युवती र ‘बाला’ मा तालु खुईले युवकको भूमिका निर्वाह गरेका थिए । 
 

आयुष्मान खुराना शुद्ध मंगल ज्यादा सावधान

विशेष