राशिफल

यो साता तपाईका लागि कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

यो साता तपाईका लागि कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

यो साता तपाईका लागि कस्तो रहला ?  हेर्नुहोस फागुन १० गतेदेखि १६ गतेसम्मको तपाईको साप्ताहिक राशिफल ! 

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) -  Aries

साथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । मेहनतीहरूका लागि दिनहरू बढी फलदायी रहनेछन । बुद्धिको उपयोगले समस्या सुल्झाउन सकिनेछ। शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनेछ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) -Taurus

 प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । अनावश्यक क्षेत्रमा धन खर्च हुनेछ। लामो समयदेखि रोकिएका कार्यले पूर्णता पाउनेछन।  एकपछि अर्को अवसर आउनाले मनपनि प्रसन्न रहनेछ। भाग्योदय हुनेछ। 

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह) - Gemini

यात्राको अवसरसँगै चुनौतीको सामना गर्नुपर्ने छ। व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । स्वास्थ्यसम्बन्धी समस्या देखिएल। मंगलबार पछिका दिनमा सहजता महसुस होला । शुभकार्यको चर्चा चल्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ ।

कर्कट  (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) - Cancer

लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । विभिन्न कार्यक्रममा नेतृत्वदायक भूमिका निर्वाह गर्न पाइनेछ । टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुनेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा रहला । सामाजिक कार्यमा मन जानेछ। 

सिंह  (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) - Leo

लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । आर्थिक समृद्धि हुनेछ। । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । सजिलै अरुको बिश्वास जित्न सकिनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रेम तथा मित्रताको बन्धन कसिने समय छ। 

कन्या  (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)  -Virgo

रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । अकस्मात धन सम्पत्ति हात पर्नेछ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन सकिनेछ । वैदेशिक यात्रा सुखद रहने छ। 

तुला  ( र, रि, रु, रे, रो, ता, ति, तु, ते) - Libra

अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । सौन्दर्यतामा धन खर्चपनि हुनेछ । मध्य सातामा प्रतीक्षा गरिएको काम पूरा हुनेछ । आर्थिक मन्दी देखिनेछ। सहयोगको आशा देखाउनेहरुले झुक्याउनेछन। 

बृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु)  - Scorpio

 धार्मिक, रमणीय र सुखद् यात्राको योग छ । स्वजनबाट सहयोग मिल्ने र सुख शान्ति एवम् समृद्धि बढ्ने र मान सम्मान पाइनेछ । साताको मध्यमा आर्थिक कारोवारमा मन्दी आउनेछ । मन खिन्न हुने स्थिति आउनेछ। घरमा मांगलिक कार्यको आयोजना हुनेछ। 

धनु  (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)  - Sagittarius

नयाँ व्यक्ति संग भेटघाटको मौका बन्नेछ । साहित्यिक क्षेत्रमापनि रुची बढ्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । आर्थिक क्षेत्रमापनि ठीकै सफलता मिल्नेछ । समग्रमा तपाईको यो साता मध्यम फलदायी रहेको छ। 

मकर  ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)  - Capricorn

चिताएको कामले सार्थकता पाउलान।  ठुला व्यक्तिहरुसंगको संगतले अधिक सफलत प्राप्त होला। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । रमाइलो गर्ने अवस्था आउन सक्छ । कसैकसैको बसाइ सराइ हुनसक्छ । धार्मिक कार्यमा मन लगाउँदा राम्रो हुनेछ ।

कुम्भ  (गु, गे, गो, सा, सि, सु, से, सो, द)  -Aquarius

अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च हुनेछ । दैनिक कार्यमा ढिलासुस्ती देखिनेछ। घर परिवारमा झै–झमेलाको अवस्था आउला । साताको उत्तरार्ध बाट कतै घुम्न जाने आकस्मिक योजना बन्न सक्छ । साझेदारीको कर्यबाट राम्रो प्रतिफल प्राप्त मिल्नेछ । 

मीन  (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)  - Pisces

यो साता बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ । घरमा अतिथीको आगमन हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । धार्मिक यात्राको योगपनि छ । साताको अन्त्यमा पारिवारभित्र तथा स्वजन र छिमेकीसँग असमझदारी बढ्न सक्नेछ ।

 


 

#साप्ताहिक राशिफल

विशेष