मनोरञ्जन

'सेन्टी भाइरस' को सुखद सुरुवात, एक दिनमै गर्यो १ करोड १२ लाखको व्यापार

'सेन्टी भाइरस' को सुखद सुरुवात, एक दिनमै गर्यो १ करोड १२ लाखको व्यापार

काठमाडौँ। हिजो शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र 'सेन्टी भाइरस' ले प्रदर्शनको पहिलो दिनमै १ करोड १२ लाखको व्यापार गरेको छ।निर्माण स्रोतले दिएको जानकारी अनुसार चलचित्रले  भ्याली भित्र ५९ लाख र मोफसलबाट ५३ लाखको व्यापार गरेको छ ।

शनिबार पनि चलचित्रले राम्रो दर्शक पाएको छ । बिहानी शोका अधिकांश शोहरु हउसफुल रहेको निर्माण पक्षले बताएको छ । चलचित्रलाई भने दर्शकले मिश्रित प्रतिकृया दिइरहेका छन् ।

रामबाबु गुरुङ निर्देशित चलचित्रलाई सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले निर्माण गरेका हुन्। चलचित्रमा सिताराम कट्टेल ‘धुर्मुस’, कुन्जना घिमिरे ‘सुन्तली’सँगै दयाहाङ राई, बुद्धि तमाङ, विल्सन विक्रम राई, सन्दीप क्षेत्री लगायतको अभिनय रहेको छ । 

शुक्रबारबाट नै रिलिज भएको दिपेन्द्र के खनाल निर्देशित अर्को चलचित्र आमाले पनि दर्शक समिक्षकको तर्फबाट उत्साहजनक प्रतिक्रिया दिईरहेको छ। 

 

सेन्टी भाइरस

विशेष