मनोरञ्जन

कबीर बेदीले सनी लियोनीको नंम्बर मागेपछि, बलिउडमा मच्चियो हंगामा

कबीर बेदीले सनी लियोनीको नंम्बर मागेपछि, बलिउडमा मच्चियो हंगामा

एजेन्सी। बलिउडका प्रसिद्ध फोटोग्राफर डब्बू रतलानीको ग्ल्यामर क्यालेन्डरको लन्च गरिएको छ । उक्त क्यालेन्डर लन्च कार्यक्रममा अभिनेत्री सनी लियोनी पनि उपस्थित थिइन्। यस पटक डब्बू रतलानीको क्यालेन्डरका लागि भूमि पेडनेकर, सैफ अली खान,सनी लियोनी, विद्या बालन, जॉन अब्राहम, विकी कौशल,परिणीति चोपड़ा, टाइगर श्रॉफ, वरुण धवन, अनन्या पाण्डे , अनुष्का शर्मा, कियारा आडवाणी र कृति सेननले फोटोसुट गराएका छन। 

क्यालेन्डर लन्च कार्यक्रममा अभिनेता कबीर बेदीले सनी लियोनको मोबाइल नम्बर मागेको केही समाचार संस्थाहरुले लेखेका छन्। उक्त समाचारपछि कबिर बेदी र सनीका पति ड्यानियल बेभरले ट्विट गर्दै समाचारको खण्डन गरेका छन् । कबीरले ट्विटमा सनीको नम्बर नमागेको बताएका छन् । उनले आफूलाई बदनाम गर्नको लागि यस्तो हल्ला फैलाइएको जिकिर गरेका छन् ।

उनले उक्त पार्टीमा सनीका पतिको नम्बर मागेको र उनका पतिले आफै नम्बर डायल गरिदिएको उल्लेख गरेका छन् । उनले यस्तो हल्लारुपी समाचार हटाउन र माफी माग्न समेत आग्रह गरेका छन् । यसैबीच, सनीका पति ड्यानियलले पनि कबिरको ट्विटमा जवाफ दिएका छन् । उनले भनेका छन्, ‘के कबिर मेरो नम्बर माग्न सक्दैनन् र ? कबिर र सनी एक अर्कालाई लामो समयदेखि चिन्छन् । त्यसैले कबिरसँग सनीको नम्बर पहिले नै छ । मात्र एउटा कथाको लागि यति गलत समाचार दिन जरुरी छैन ।’

उसो त कबिरले चार विवाह गरेका छन। उनकी चौथी श्रीमती परवीन दुसांज उमेरले उनीभन्दा २९ बर्ष कान्छी छिन। कबिरले आफ्नो ७० औँ जन्मदिनको अवसरमा सन् २०१६ मा परवीनसँग विवाह गरेका थिए। परवीन मोडल, अभिनेत्री साथै एक टिभी प्रोड्युसर पनि हुन्। 

 

 

कबीर बेदी सनी लियोनी

विशेष