भिडियो Breaking News कभर स्टोरी

‘एमसीसी’ को खारेजी र ‘बीआरआई’ को स्वीकृति  ( भिडियोसहित)

‘एमसीसी’ को खारेजी र ‘बीआरआई’ को स्वीकृति  ( भिडियोसहित)

नेपाली सेनाका पूर्व जर्नेल कुमार फुदुङले नेपालको सर्वोपरी हीतका लागि तत्काल ‘एमसीसी’ खारेज गरी ‘बीआरआई’ लाई अघि बढाउन सुझाव दिएका छन् । 

नेपाल आजसंगको कुराकानीमा पूर्व जर्नेल फुदुङले भौगलिकरुपमा नेपाल ‘बफर स्टेट’ बन्न नसकेकाले ‘बीआरआई’ तत्काल अघि बढाइ ‘बफर स्टेट’ बनाउन अपरिहार्य रहेको धारणा राखे । 

buffer state is a country lying between two rival or potentially hostile greater powers. Its existence can sometimes be thought to prevent conflict between them.

‘बफर स्टेट’ बनेपछि नेपालको दक्षिणी र उत्तरतर्फको बाटो खुल्ला हुने र यसले नेपालको कुटनीतिक, आर्थिक तथा सामाजिक विकासमा ठूलो मद्दत गर्ने उनले बताए । 

यसअघि भारतले लगाएको नाकाबन्दी स्मरण गर्दै उनले भने, ‘ नेपाल बफर स्टेट भएको भए भारतले नाकाबन्दी लगाउने कल्पनासमेत गर्न सक्दैन थियो । भोलि पनि त्यो सम्भावना नहोस भन्नका लागि तत्काल ‘बीआरआई’ अघि बढाउनुपर्छ । 

फुदुङका अनुसार ‘ एमसीसी’ भनेको नेपालमा अमेरिकी उपस्थिति हो । यो नेपाललाई ‘बफर स्टेट’ बन्न नदिने डिजाइनमा आधारित छ । अझ स्पष्टरुपमा भन्नु पर्दा यो चीनविरुद्ध छ । चीनलाई आर्थिक तथा सुरक्षाको हिसाबले कमजोर बनाउन ‘एमसीसी’ आएको हो । 

‘एमसीसी’ पारित हुने हो भने चीनले नेपाललाई नाकाबन्दी लगाउँछ । नेपालसंगका सम्पूर्ण नाका बन्द गर्छ । चीनले दिदै आएको सम्पूर्ण सहयोग रोक्छ । बीआरआई, यातायात तथा इन्धन सम्झौता, रोड, रेल ल्याउने कुरा समाप्त हुन्छन् । 

चीन अमेरिका जस्तो चिच्याउँदै हिंड्ने देश होइन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जस्तो स्वभाव चिनियाँ राष्ट्रपति सी जिनपिङको छैन । उनी भित्रभित्रै काम फत्ते गर्ने स्वभावका छन् । चीनले पक्कै पनि ‘एमसीसी’ स्वीकार नगर्न शासकहरुलाई भित्रभित्रै दवाव दिएको हुनुपर्छ । आफूविरुद्ध लक्षित योजनाबारे चीन पूर्ण सचेत छ । नेपाली शासकहरुले यो कुरा बुझ्नु पर्छ । अन्यथा नेपाललाई महंगो पर्ने निश्चित छ । 

जहाँसम्म ‘एमसीसी’ पारित गर्दा अमेरिकाले बदला लिने आशंका छ, त्यो हुनसक्छ । त्यसका लागि नेपाली दल र नेताहरुले साहस जुटाउन सक्नुपर्छ । आउने हरेक चुनौतीको सामना त्यस्तो नेतृत्वले मात्र गर्नसक्छ जसले राष्ट्रिय हीतलाई केन्द्रमा राखेर काम गर्छ । यहाँ त व्यक्तिगत स्वार्थलाई मात्र केन्द्रमा राख्नेहरु छन् । यो विषयमा नेपाली राजनीतिक दल र नेताहरु इमान्दार र प्रतिवद्ध हुन जरुरी छ । 
 

विशेष