खेल

ला लिगाः शीर्ष स्थानमा उक्लियो बार्सिलोना, पहिलो हाफमै मेसीले पूरा गरे ह्याट्रिक

ला लिगाः शीर्ष स्थानमा उक्लियो बार्सिलोना, पहिलो हाफमै मेसीले पूरा गरे ह्याट्रिक

काठमाडौंः बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले इबरलाई ५–० गोलले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।  

बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले चार गोल गरे ।  त्यस्तै अर्थर मेलोले एक गोल गरे । लगातार चार लिग खेलमा गोल गर्न नसकेका मेस्सीले पहिलो हाफमा नै ह्याट्रिक पूरा गरे । खेलको १४ औँ मिनेटमा गोल गर्दै मेस्सीले घरेलु टोलीलाई अग्रता दिलाए ।  

३७ औँ मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । ४० औँ मिनेटमा मेस्सीले ह्याट्रिक पूरा गर्दा बार्सिलोनाले ३–० गोलको अग्रता बनायो । ८७ औँ मिनेटम मेस्सीले व्यक्तिगत चौथो गोल गरे ।

बार्सिलोनाका लागि खेलको ८९ औँ मिनेटमा अर्थरले गोल ५–० को जित दिलाए । जितसँगै बार्सिलोना २५ खेलबाट ५५ अंक जोड्दै लिगको शीर्ष स्थानमा छ । बार्सिलोना दोस्रो स्थानको रियल मड्रिड भन्दा २ अंकले अघि छ। पराजित इबर २४ अंकसहित लिगको १६ औं स्थानमा छ । 

बार्सिलोना स्पेनिस ला लिगा फुटबल ह्याट्रिक लियोनल मेस्सी

विशेष