‘सेन्टी भाइरस’ले कति कमायो २ दिनमा?

काठमाडौंः शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘सेन्टी भाइरस’ले बक्स अफिसमा २ दिनमा आक्रामक कमाई गरेको छ ।
निर्माणपक्षले नै उपलब्ध गराएको रिपोर्ट अनुसार चलचित्रले २ दिनमा २ करोड माथिको व्यापार गरेको छ । यो व्यापार आक्रामक हो । तर, आजबाट हुने व्यापारले चलचित्रको लाइफ टाइम कलेक्शन आँकलन गर्न सकिन्छ ।
निर्माणपक्षका अनुसार, शुक्रबार १.१२ करोड कमाई गरेको चलचित्रले शनिबार १.३५ करोडको कमाई गरेको छ ।
मबाबु गुरुङको निर्देशनमा तयार भएको चलचित्रमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, वुद्दि तामाङ, राजाराम पौडेल लगायतको मुख्य भूमिका छ ।