मनोरञ्जन

प्रियंकालाई आयुष्मानले दिए टक्कर!

प्रियंकालाई आयुष्मानले दिए टक्कर!

काठमाडौंः नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले फागुन २७ मा विवाह गर्दै छन् । यो जोडीले करिव एक वर्षअघि इन्गेजमेन्ट गरेका थिए । थाइल्याण्डमा ब्याचलोरेट पार्टी मनाउन प्रियंका आफ्ना पाँच जना ‘लेडीज ग्याङ्ग’ लिएर गएकी थिइन् । त्यतिबेला उनीहरुले सोसल मिडियामा पोष्ट गरेका तस्बिर तथा भिडियोले अत्यधिक चर्चा बटुलेको थियो । अहिले भने आयुष्मान देशराज आफ्ना पाँचजना साथीसहित पोखरामा ब्याचलर्स पार्टी मनाइरहेका छन् ।

आयुष्मानले आफ्नो इन्स्टाग्राम अकाउण्टमा जुन तस्वीर पोष्ट गरिरहेका छन् ती तस्वीर निकै रमाइला रहेका छन्। प्रियंकाका ब्याचलोरेट पार्टीका केही तस्बिर आयुष्मानसहित उनका साथीहरुले ‘रिक्रिएट’ गरेका छन्। अहिलेसम्म उनीहरुले पाँचवटा तस्बिर रिक्रिएट गरेका छन् जुन हेर्दा निकै रमाइला छन्।

यसमा उनीहरुले प्रियंका र उनका साथीहरुले जे गरेका छन्, त्यो हुबहु नक्कल गर्ने कोसिस गरेको देखिन्छ।तस्बिर पोष्ट गर्दै आयुष्मानले कसले राम्रो गर्‍यो भन्दै प्रश्न पनि सोधेका छन्। प्रियंकाले आयुष्मानका तस्बिरले आफ्नो अभ्यास भंग भएको बताएकी बताइन्। उनले भनिन्, ‘म आफ्ना साथीहरुसँग संगीतको प्राक्टिस गरिरहेको थिएँ र हामीले यो देख्यौं १ मलाई विश्वास गर्नुहोस्, एकछिन प्राक्टिस भंग भयो।’ 

प्रियंका कार्की देशराज जोशी

विशेष