स्वास्थ्य

कोरोना प्रभाव: औषधिको कच्चा पदार्थमा ५० % सम्म मूल्यवृद्धि

कोरोना प्रभाव: औषधिको कच्चा पदार्थमा ५० % सम्म मूल्यवृद्धि

काठमाडौँ। चीनको वुहानबाट फैलिएको कोभिड १९ (कोरोना) भाइरसको प्रभाव नेपाली औषधि उद्योगमा पनि देखिन थालेको छ ।

नेपालका औषधि उद्योगले आयात गर्ने कच्चा पदार्थको मूल्य भारतमा ५० प्रतिशतसम्म बढेको छ भने संक्रमण लम्बिँदै गए कच्चा पदार्थ आयातमा समेत अप्ठ्यारो हुने सक्ने देखिएको छ । 

कोभिड १९ भाइरसको प्रभावपछि पछिल्लो समय चीनबाट औषधिसम्बन्धी कच्चा पदार्थको आयातमा कमी हुँदा भारतमै यसको मूल्य बढेको औषधि उद्योगीहरूको भनाइ छ ।

त्यहाँबाट आयात गर्न समस्या भएकाले बजारमा कच्चा पदार्थको अभाव देखिन थालेको हो । चीनबाट कच्चा पदार्थ नआएपछि भारतबाट आयात गर्दा मूल्य बढेको नेपाल औषधि उत्पादक संघका अध्यक्ष नारायणबहादुर क्षत्रीले बताए । यो समाचार आजको आर्थिक अभियान दैनिकमा काशिराम बजगाईंले लेखेका छन।  

कोरोना औषधि मूल्यवृद्धि

विशेष