मनोरञ्जन

शनि हिन्दुस्तानीले जिते इन्डियन आइडलको उपाधि

शनि हिन्दुस्तानीले जिते इन्डियन आइडलको उपाधि

काठमाडौंः ११ ‍औं सिजनको इन्डियन आइडलको उपाधि शनि हिन्दुस्तानीले जितेका छन् । भारतीय टेलिभिजन सोनीबाट प्रशारित उक्त प्रतियोगिता अन्तरगत आइतबार भएको फाइनलमा हिन्दुस्तानीले ११ औं इन्डियन आइडलको ताज हात पार्न सफल भए । प्रतियोगिताका प्रतिस्पर्धीलाई ५ करोड जनताले भोटिङ समेत गरेका थिए ।  

दोश्रो रोहित सामराव, तेश्रो अनकोना मुखर्जी, चौथो उपाधि रिदमले जितेका छन् । मुस्लिम परिवारमा जन्मेका शनि सानैमा बाबुको मृत्यु भएपछि उनलाई आमाले हुर्काएकी थिइन् । विजेता उनले २५ लाख भारतीय रुपैयाँसहित कार जिते । फस्ट रनरअप र सेकन्ड रनरअप रोहित र अनकोनाले पाँच पाँच लाख हात पारे।  

इन्डियन आइडल शनि हिन्दुस्तानी

विशेष