खेल

क्रिकेट रंगशाला निर्माणलाई धमला दम्पतिले गरे आर्थिक सहयोग

क्रिकेट रंगशाला निर्माणलाई धमला दम्पतिले गरे आर्थिक सहयोग

काठमाडौंः गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणका लागि पत्रकार ऋषि धमला र उनकी पत्नी अभिनेत्री एलिसा गौतमले आर्थिक सहयोग गरेका छन् ।

धमला दम्पतिले चितवनमा निर्माण भइरहेका रंगशालाका लागि ३ लाख रुपैयाँ सहयोग गरेका हुन्। उनीहरुले उक्त रकम रंगशाला निर्माणमा लागिरहेको सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई हस्तान्तरण गरेका छन्।

धुर्मुस–सुन्तली फाउण्डेशनले जनस्तरबाटै नै उक्त रंगशाला बनाइरहेको हाे ।  

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला ऋषि धमला एलिसा गौतम

विशेष