खेल

जिम्बाब्बेसँगको वानडे सिरिजका लागि बंगलादेशद्वारा टोली घोषणा, टिममा व्यापक परिवर्तन

जिम्बाब्बेसँगको वानडे सिरिजका लागि बंगलादेशद्वारा टोली घोषणा, टिममा व्यापक परिवर्तन

काठमाडौंः जिम्बाब्बे विरुद्धको एकदिवसीय क्रिकेट सिरिजका लागि बंगलादेशले टोली घोषणा गरेको छ । बंगलादेशले आज मशरफे मोर्तजाको कप्तानीमा १५ सदस्यीय टोदी घोषणा गरेको हो । कप्तान मशरुफे लामो समयपछि टोलीमा फर्किएका हुन् । उनी गत वर्ष इंग्ल्याण्डमा भएको वानडे विश्वकप पछि टीममा फर्किएका हुन् ।

कप्तानको रुपमा मशरुफे जिम्मबाब्बेसँग अन्तिम वानडे सिरिज खेल्न लागेका हुन् । वानडे विश्वकप पछि बंगलादेशले श्रीलंकासँग एकदिवसीय सिरिज खेलेको थियो । जिम्बाब्बेविरुद्ध उक्त सिरिजमा खेलेका ७ खेलाडीलाई विश्राम दिएको छ ।

बंगलादेशले सौम्य सरकार, अनमोल हक, मोसाद्दिक हुसेन, सब्बीर रहमान, रुबेल हुसेन, टस्कीन अहमदको स्थानमा मशरफे मर्तजा, लिटन दास, नजमुल होसेन सान्ते, अल–अमीन होसेन र मोहम्मद सैफउद्दिनलाई टीममा समावेश गरेको छ । यसका अलावा अफी हुसेन र मोहम्मद नइमले पहिलो पटक वानडे टीममा मौका पाएका छन् ।

बंगलादेश र जिम्बाब्बेबीचको तीन खेलको सिरिज १ मार्चदेखि सुरु हुनेछ । वानडे सिरिज अघि अहिले यी दुई टीम टेष्ट म्याच खेलिरहेका छन् । वानडेपछि जिम्बाब्बे र बंगलादेशले टी–२० सिरिज पनि खेल्ने छन् । 

जिम्बाब्बेविरुद्ध वानडे सिरिज खेल्ने बंगलादेशी टीमः मशरफे मोर्तजा (कप्तान), तमीम इकबाल, नजमुल हुसैन, महमुदूल्लाह, मुशफिकुर रहीम, लिटन दास, मोहम्मद मिथुन, अफीफ होसैन, मोहम्मद नईम, मेहदी हसन मिराज, मुस्तफिजुर रहमान, तैजुल इस्लाम, शफीउल इस्लाम, अल–अमीन होसैन र मोहम्मद सैफुद्दीन ।

एकदिवसीय क्रिकेट सिरिज जिम्बाब्बेविरुद्ध जिम्बाब्बे

विशेष