यी घरेलु उपायद्वारा पनि हटाउन सकिन्छ अनुहारको कोठी, थाहा पाईराखौं
अनुहारमा एक दुई स्थानमा कोठी हुनु सामान्य कुरा हो। तर केहि मानिसहरुको अनुहार भरि नै हामी कोठीले भरिएको देख्छौं। यसले अनुहारको सुन्दरतालाई नराम्रोसँग बिगारिरहेको हुन्छ। कोठी विभिन्न रंग र आकारका हुन्छन।
आज हामी घरेलु उपायद्वारा अनुहार या त शरीरमा आएका कोठीलाई हटाउने केहि उपायका बारेमा बताउन जाँदैछौं, जुन तपाईका लागि प्रभावकारी हुन सक्छ, आउनुहोस्
काउली
काउलीलाई पिसेर यसको रस तयार गरि हरेक दिन अनुहारमा लगाउनाले पुराना त्वचा बिस्तारै सफा हुँदै जान्छ र कोठी पनि हराउछ।
धनिया
धनियाको पातको पेस्ट बनाई लगाउनाले पनि अनुहारको कोठी जान्छ।
लसुन
लसुनको पेस्ट बनाई हरेक दिन सुत्नुभन्दा अघि कोठी भएको ठाउँमा लगाउनुहोस्, पेस्ट लगाईसकेपछि ब्यान्डेज लगाएर छोडदिनुहोस। र बिहान हलका मनतातो पानीले मुख धुनुहोस। यस्तो प्रक्रिय्सा केहि दिन गरेको खण्डमा अनुहारको कोठी सजिलै जान्छ।
मह र सुर्यमुखिको तेल
थोरै महमा सूर्यमुखीको तेल मिसाई ५ मिनेट कोठी भएको ठाउँमा लगाई रगड़ने। यसो गर्नाले त्वचा चम्किलो त हुन्छ नै साथमा कोठीबाट पनि छुटकारा पाइन्छ।
प्याजको रस
राती सुत्नु भन्दा अघि थोरै प्याजको रस र स्याउको रस मिलाई लगाएको खण्डमा केहि महिनामा नै कोठी गायब हुन्छ।
भिटामिन सी ट्याब्लेट
रात भिटामिन सीको ट्याब्लेटलाई पिसेर कोठीमा लगायो भने पनि यसबाट छुटकारा पाइन्छ।
मुला
मुलालाई पातलो टुक्रा गरि काट्ने र त्यसलाई कोठी भएको ठाउँमा लगाउने। मुलाको स्लाइसलाई दिनमा २/४ पटक अनुहारमा लगाउनाले कोठीबाट छुटकारा पाइन्छ।
केराको बोक्रा
केराको बोक्राको एउटा सानी भाग कत्नुहोस र त्यसको भित्र भएको भागलाई अनुहारमा लगाउनुहोस्। फेरी यसलाई टेप या ब्यान्डेजले बाँध्नुहोस्। जबसम्म तपाईको कोठी जाँदैन तबसम्म यो उपाय अपनाईराख्नुहोस्।
यस कुराको राख्नुहोस ख्याल
यी घरेलु उपायका अलावा तपाई जतिसक्नुहुन्छ घामबाट बच्नुहोस। यहासम्म कि बिहान १० बजेदेखि ४ बजेसम्म पनि बाहिर निस्कदै ननिस्कनुहोस किनकी घामबाट आउने विकिरणहरुले तपाईको त्वचामा नराम्रो असर पार्न सक्छ।