खेल

नेपालसँग खेल्नुअघि मलेसियाको राम्रो ब्याटिङ, आज पनि दियो हङकङलाई बलियो लक्ष्य

नेपालसँग खेल्नुअघि मलेसियाको राम्रो ब्याटिङ, आज पनि दियो हङकङलाई बलियो लक्ष्य

काठमाडौंः टी–२० क्रिकेट सिरिजको चौथो खेलमा घरेलु टोली मलेसियाले हङकङकलाई १ सय ६८ रनको लक्ष्य दिएको छ । उसका लागि वीरन्दीप सिंहले ५०, कप्तान अहमद फैजले ४३, खिजार हयातले २८, शार्विन मुनिआन्डीले १३ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । बलिङमा हङकङ टोलीका मोहसिन खानले ३, ऐजाज खानले २ र अफ्ताब हुसैनले एक विकेट लिए । पाँच खेलको सिरिज मलेसियाले २ म्याच अगावै जितिसकेको छ ।

इस्टर्न रिजन कप खेल्नुअघि हङकङ र मलेसिया टी–२० सिरिज खेलिरहेका हुन् । यो प्रतियोगिता फेब्रुअरी २९ देखि मार्च ७ सम्म थाईल्याण्डमा सुरु हुँदैछ । यो प्रतियोगितामा इस्टर्नबाट मलेसिया, हङकङसहित नेपाल सिंगापुर, थाइल्याण्डले पनि सहभागिता जनाउने भएका छन् । चीन, म्यानमार र भुटानले भने कोरोना भाइरसका कारण यो प्रतियोगिता नखेल्ने भएका छन् ।

नयाँ खेल तालिका अनुसार नेपालले आफ्नो पहिलो खेलमा २९ फेब्रुअरीमा मलेसियासँग खेल्ने छ । त्यस्तै नेपालले आफ्नो दोस्रो खेलमा १ मार्चमा हङकङसँग, तेस्रो खेलमा ४ मार्चमा थाईल्याण्ड र अन्तिम खेलमा ६ मार्चमा सिंगापुरसँग खेल्ने छ । प्रतियोगिताको शिर्ष २ टीम एसिया कप छनोटमा प्रवेश गर्ने छन् । तीन टीमले सहभागिता नजाउने भए पनि खेल राउन्ड रोबिनमा हुने भएको छ ।

टी–२० क्रिकेट सिरिज हङकङकविरुद्ध मलेसिया

विशेष